
रामप्रसाद पौडेल, हैदरावाद । १२ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदरावादका तिनओटा नगर समिति भित्रका १७ ओटा एरिया समितिहरुका एरिया सम्मेलनको संयुक्त घोषणा–सभा सम्पन्न भएको छ ।

उक्त घोषणा सभामा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेलले सम्बोधन गर्दै मूल प्रवाहको इतिहासलाई यो संयुक्त सम्मेलनले निरन्तरता दिँदै जिम्मेवारी पूरा गर्नु पर्ने भन्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वैचारिक धरातलमा खडा भएको संगठन भएको हुनाले विभिन्न समयमा संगठनभित्र देखिएका भ्रमजाल र संगठन बिरोधी हर्कतहरु गरेर प्रवासमा रहेका शोषित, पीडित मेहेनतकस जनताहरुलाई अलमल पार्न खोजिएता पनि कुनै प्रकारको भ्रममा नपरी आफ्नो गौरबमय इतिहासलाई कायम राख्न सफल हुनुमा हैदरावाद स्थित सचेत कार्यकर्ताहरुको पनि महत्वपूर्ण भुमिका रहेकोे कुरा बताउनु भयो ।

प्रमुख अतिथि पौडेलले, हैदरावादको संगठनात्मक अवस्थाले देशको राजनीतिलाई समेत प्रभाव पार्न सक्ने राजनैतिक तथा वैचारिक धरातल रहेको कुराबारे पनि ठोकुवा गर्नु भयो । संगठनमा अप्ठ्यारा र चुनौतीहरु सृजना हुँदा हैदरावादमा रहेका कार्यकर्ताहरुले जुझारु तथा एकताबद्ध भएर सामना गर्दै आउनु भएको छ । संगठनात्मक अनुशासनमा बस्न नसक्नेले अरुलाई उपदेश दिन खोज्नु आफैमा हाँस्यास्पद कुरा भएको भन्दै संगठनलाई बिगार्न र भत्काउन दुस्साहस गर्नेहरूलाई कटाक्ष गर्नु भयो । त्यस्तै, देशमा लामो संघर्ष,े आन्दोलन र बलिदानले प्राप्त गरेको गणतन्त्रलाई ध्वस्त पार्न प्रतिगामी शक्तिहरु लाग्नु स्वभाविकै हो, जसलाई साम्राज्यवादी शक्तिहरुले नयाँ आयाम मार्फत कोशिस गरिरहेको भन्दै रास्वपा जस्ता पार्टीहरु लागेको सन्दर्भमा आफुलाई क्रान्तिकारी भनिनेहरुले नै गणतन्त्रको ध्वस्त पार्ने अभियान चलाउनु निकै चिन्ताजनक विषय रहेको, जसले देशमा स्थापित गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धीहरुलाई खत्तम पारेर प्रतिगमनलाई सेवा पुर्याउनु नै हो भन्ने कुरा प्रकाश पार्नु भयो । यो व्यवस्थाले सम्पूर्ण शोषित पीडितहरुका समस्याहरुलाई सम्बोधन गर्न नसकेता पनि यसैको धरातलमा टेकेर थप उपलब्धीहरुको प्राप्तिका लागि अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा अर्का वक्ता मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले सम्बोधन गर्दै प्रवासमा रहेका सम्पूर्ण शोषित पीडित नेपालीहरुका बिचमा आइपर्ने समस्याहरूका समाधान गर्दै आइरहेको हुनाले नै मूल प्रवाहले अभिभावकत्व हासिल गरेको गौरबमय इतिहासलाई कायम राख्दै अझ उच्च प्रकारले सङठनको बिकासमा जोड दिदै समाज रुपान्तरणका लागि अघि बढ्नु पर्ने भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्यहरु भिम बहादुर थापा, फुलबिना पौडेल, कृष्ण बहादुर थापा, केन्द्रीय प्रतिनिधि रतन सिंह, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय सदस्य तथा महिला क्षेत्रीय विभागकी संयोजक पुष्पा पौडेल लगायतका वक्ताहरुले नयाँ कार्यकारिणी र समितिहरुलाई शुभकामना तथा बधाई मन्तब्य दिनुभएको थियो । कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य कुल बहादुर रेश्मी, रक्तिम क्षेत्रीय विभागकी संयोजक कृष्ण कुमारी बि.क., मध्य नगर समितिका कोषाध्यक्ष राजु दुलाल, उत्तर नगर समितिका अध्यक्ष मोहनलाल शर्मा, दक्षिण नगर समितिका अध्यक्ष वीर बहादुर बि.क.लगायतको पनि आतिथ्यता रहेको थियो ।

जिबनाथ शर्माको अध्यक्षता, तिलक रानाको सञ्चालन, भरत परियारको स्वागत मन्तव्य तथा रक्तिम साँस्कृतिक क्षेत्रीय विभागका कलाकारको गीत र संगीतको स्वागतमा भएको सो कार्यक्रम सहिदहरुको सम्झनामा १ मिनेटको मौन धारणपश्चात अगाडि बढेको थियो ।
कार्यक्रममा १७ ओटा एरिया समितिहरुको प्यानल क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्माले प्रस्तुत गर्नु भएको थियो । १७ ओटै एरिया समितिहरुका बन्द–सत्र अलग अलग मितिमा आ–आफ्नै एरियाभित्र सम्पन्न भएका थिए । कार्यक्रमको अन्त्यमा रक्तिमका क्षेत्रीय कलाकार हरुद्वारा बेजोड साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नयाँ निर्वाचित समितिका प्यानल र साथीहरूको नामावली निम्नानुसार रहेको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने सिकन्द्रबाद बी एरिया समिति – धन बहादुर शाहीको अध्यक्षतामा १३ पूर्ण ४ वैकल्पिक र ४ सल्लाहकार गरी २१ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा गुमा राना, सचिवमा बिकास परियार, सहसचिवमा ईस्वरा पौडेल, कोषाध्यक्षमा सम्झना दुलाल तथा सदस्यहरुमा लिला शाही, दिनामणि पौडेल, कमल कुमाल, भानु बि.सी., अनिल परियार, सोनु बि.क., सान्ता बि.क., हिमाल कुमाल, बैकल्पिक सदस्यहरुमा जगप्रसाद बि.क., विनोद बि.क., नवराज बि.क., सल्लाहाकारमा युवराज भण्डारी, लक्ष्मण नेपाली, गोरख बि.क., विष्णु कार्की रहनु भएको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने बंजाराहिल्स एरिया समितिमा कृष्ण बहादुर नेपालीको अध्यक्षतामा ९ पुर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरी १५ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा मधु क्षेत्री, सचिवमा उमेश दुलाल, सह–सचिवमा सोभित कुमाल, कोषाध्यक्षमा बिक्रम सुनाम, तथा सदस्यहरुमा याम बहादुर थापा, टेक बहादुर पुन, राजु कुमाल, हर्क बहादुर परियार, वैकल्पिक सदस्यहरुमा लंक जि.एम., दिपक थापा, तिलक पाण्डे, सल्लाहकारहरुमा राज कुमार परियार, भिम परियार र कमल भण्डारी रहनु भएको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने सैनिकपुरी एरिया समिति – कृष्ण कुमारी बि.क.को अध्यक्षतामा ११ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहाकार गरी १७ सदस्यीय समिति निर्माण भएको छ जसको उपाध्यक्षमा प्रेम बुचा, सचिवमा खुम बहादुर दुलाल, सह–सचिवमा राज कुमार रमतेल, कोषाध्यक्षमा प्रेम बि.क. तथा सदस्यहरुमा रन बहादुर आले, दान बहादुर गुरुङ, पार्वती गुरुङ, हेमा थापा, ईन्द्रा दुलाल, दिलु दुलाल, वैकल्पिक सदस्यहरुमा पवित्र अछमी, रूपा बुचा, चन्द्र बहादुर थापा र सल्लाहकारहरुमा माया थापा, श्री बहादुर दुलाल रहनु भएको छ भने एक स्थान रिक्त रहेको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने सिकन्द्रबाद ए एरिया समितिमा सबिता पौडेलको अध्यक्षतामा ८ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरी १५ सदस्यीय समिति निर्माण भएको छ जसको उपाध्यक्षमा संगीता के.सी., सचिवमा अशोक बस्याल, सह–सचिवमा देवेन्द्र के.सी., कोषाध्यक्षमा नवराज पौडेल तथा सदस्यहरुमा लिलसेन ठकुरी, राजु कडायत, विजय क्षेत्री, राज गैरे, वैकल्पिक सदस्यहरुमा भिम बहादुर नेपाली, सपना क्षेत्री, श्रीजना गैरे, सल्लाहकार सदस्यहरुमा मनिका नेपाली, सुदन नेपाली र एक रिक्त स्थान रहेको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने नाचाराम एरिया समितिमा थान बहादुर क्षेत्रीको अध्यक्षतामा ११ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरी १७ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा शान्ति क्षेत्री, सचिमा कुल बहादुर रेश्मी, सह–सचिवमा प्रकाश राना, कोषाध्यक्षमा तुलसी क्षेत्री तथा सदस्यहरुमा पुरन पल्ली, याम बहादुर के.सी., सिता सुनार, खगेन्द्र शर्मा, गन बहादुर, अस्मिता बि.क., वैकल्पिक सदस्यहरुमा प्रेम थापा, राज कुमार, शेर बहादुर खत्री, सल्लाहकारहरुमा सेर बहादुर राना, प्रीतम पुन रहनु भएको छ भने एक रिक्त स्थान रहेको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने कुसाईगुडा एरिया समितिमा राम बहादुर आलेको अध्यक्षतामा ११ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरी १७ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा श्रीजना खत्री, सचिवमा सोमराज आले, सह–सचिवमा चित्र बहादुर केसी, कोषाध्यक्षमा देवी दुलाल तथा सदस्यहरुमा हिरा पौडेल, मिना गुरुङ, हिरा खत्री, शेर बहादुर श्रीस, मनीषा बि.क., मित्र खत्री, वैकल्पिक सदस्यहरुमा राम बहादुर राना, सबिना बैलकोटी, दामोदर तिवारी तथा सल्लाहकारहरुमा बालकृष्ण शर्मा, तुल बहादुर थापा र सरिता क्षेत्री रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने सदासिवपेट एरिया समितिमा दान बहादुर विष्टको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा सुभास गुरुङ, सचिवमा प्रेम विष्ट, सह–मसचिवमा भूमिका गुरुङ, कोषाध्यक्षमा मानमती ऐरी तथा सदस्यहरुमा नवराज महरा, राम सिंह गुरुङ, मदन सिंह महरा, खड्क बहादुर गुरुङ, तुलसी गुरुङ, उदीमा गुरुङ रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने पठानचेरु एरिया समितिमा भरत परियारको अध्यक्षतामा ७ पूर्ण र २ बैकल्पिक गरी ९ सदस्यीय समिति निर्माण भएको छ । जसको सचिवमा रबर सिंह नेपाली, कोषाध्यक्षमा लोक बहादुर गुरुङ (ठाकुर) तथा सदस्यहरुमा बिक्रम के.सी., मंजु पौडेल, होम बहादुर नेपाली, रामनाथ आचार्य, वैकल्पिक सदस्यहरुमा चन्द्र बहादुर नेपाली र केसर नेपाली रहनु भएको छ ।

उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने मेडचल एरिया समितिमा कृष्ण बहादुर साउदको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा इन्द्रा चौधारी, सचिवमा करन बहादुर कुमाल, सह–सचिवमा नर बहादुर झाक्री, कोषाध्यक्षमा धर्मेन्द्र कठरीया तथा सदस्यहरुमा शंकर शर्मा, गोपी परियार, कमल सुब्बा, धनिराम चौधारी, पुनाराम काठरीया, शान्ता साउद, केशर बहादुर वास्ताकोटी रहनु भएको छ भने एक रिक्त स्थान रहेको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने हैदरनगर एरिया समितिमा जीवननाथ शर्माको अध्यक्षतामा ११ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरी १७ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा राम शर्मा, सचिवमा जमुना थापा, सह–सचिवमा लाल बहादुर बि.क., कोषाध्यक्षमा लाल बहादुर क्षेत्री तथा सदस्यहरुमा भावीलाल थापा, कमला दास, माया भुजेल, लक्ष्मी के.सी., मिना बि.क., अम्बिका अधिकारी, बैकल्पिक सदस्यहरुमा यसोधा न्यौपाने, लिला थापा, राम चन्द्र आचार्य र सल्लाहकारहरुमा रन बहादुर थापा, शर्मिला थापा, खैसरा थापा रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने जुब्लिहिल्स एरिया समितिमा मिन लामिछाने मगरको अध्यक्षतामा १५ पूर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरी २३ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर परियार, सचिवमा रमेश क्षेत्री, सह–सचिमा उमान थापा, कोषाध्यक्षमा याम बहादुर थापा तथा सदस्यहरुमा लील बहादुर थापा, ओमन परियार, राम प्रसाद अधिकारी, यम बहादुर लामिछाने मगर, चन्द्र बहादुर बि.क., टेक बहादुर थापा, कुमार थापा, सिला परियार, नवराज बराल, दिल बहादुर विष्ट, वमैकल्पिक सदस्यहरुमा चन्द्रकला थापा, यान बहादुर थापा, नारायण रोका, प्रेम कुमाल, सल्लाहकारहरुमा शान्ति क्षेत्री, लाल बहादुर परियार, टेक नारायाण पौडेल र जमुना क्षेत्री रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने सापुरनगर एरिया समितिमा नरेन्द्र शर्माको अध्यक्षतामा १३ पूर्ण ५वैकल्पिक र ५ सल्लाहकार गरी २३ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा प्रताप शर्मा, सचिवमा लाल बहादुर थापा, सह–सचिवमा सिता थापा, कोषाध्यक्षमा बिजुला शर्मा तथा सदस्यहरुमा धन बहादुर थापा, कमला शर्मा, चित्र बहादुर थापा, लक्ष्मी थापा, कमल थापा, देवी थापा, दिनेश पौडेल, बिकास गुरुङ, वैकल्पिक सदस्यहरुमा जमुना शर्मा, मन बहादुर थापा, हरि प्रसाद गौतम, राधा जि.सि., सल्लाहकारहरुमा पुनाराम नेपाली, अमृता नेपाली, लाल सिंह थापा र तेजेन्द्र बहादुर के.सी. रहनु भएको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने लेनिन नगर एरिया समितिमा पुर्ण बहादुर के.सी.को अध्यक्षतामा ७ सदस्यीय समिति निर्माण भएको छ जसको उपाध्यक्षमा तुलसी प्रसाद आचार्य, सचिवमा दिल प्रसाद शर्मा, कोषाध्यक्षमा राम प्रसाद शर्मा तथा सदस्यहरुमा तेजेन्द्र बहादुर क्षेत्री, भिम बहादुर थापा र देवेन्द्र सिंह गुरुङ रहनु भएको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने आटोनगर एरिया समितिमा भूपाल ठाडा राना मगरको अध्यक्षतामा ११ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरी १७ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा यमलाल बि.क., सचिवमा नुम लाल राहु मगर, सहसचिवमा झम बहादुर बि.क., कोषाध्यक्षमा हरि प्रसाद बि.क., सदस्यहरुमा ठाकुर प्रसाद पंथ, श्याम लाल घर्ती मगर, कमल पाण्डे, गंगा चपाई, छबीलाल चपाई, गिर बहादुर कार्की, वैकल्पिक सदस्यहरुमा गंगा पंथ, राजु चपार्इँ, तेजेन्द्र थापा, सल्लाहकारहरुमा सिता थापा, नर बहादुर खनाल तथा लोक बहादुर विष्ट रहनु भएको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने काटेदान एरिया समितिमा जित बहादुर थापाको अध्यक्षतामा ११ पूर्ण २ वैकल्पिक गरी १३ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर शाही, सचिवमा अनिल थापा, सह–सचिवमा हरी नारायाण शर्मा, कोषाध्यक्षमा चोक बहादुर थापा तथा सदस्यहरुमा प्रेम बहादुर थापा, नर बहादुर नेपाली, चन्द्र बहादुर नेपाली, पदम भण्डारी, वैकल्पिक सदस्यहरुमा हरी प्रसाद शर्मा र बीर बहादुर बि.क. रहनु भएको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने सादनगर एरिया समितिमा छबीलाल पुनको अध्यक्षतामा ७ पूर्ण सदस्यीय समिति निर्माण भएको छ । जसको सचिवमा खेम बहादुर थापा, कोषाध्यक्षमा छबीलाल थापा तथा सदस्यहरुमा गंगा बहादुर थापा, राजेन्द्र आचार्य र दल बहादुर थापा रहनु भएको छ भने एक रिक्त स्थान रहेको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने सम्साबाद एरिया समितिमा पुनाराम घर्ती मगरको अध्यक्षतामा १३ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरी १९ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा रुद्र बि.क.म, सचिवमा छबीलाल घर्ती मगर, सह–सचिवमा हिरामान राहु मगर, कोषाध्यक्षमा बोम बहादुर राहु मगर तथा सदस्यहरुमा मोतीराम राहु मगर, लीलाराम घर्ती मगर, गंगाराम पुन मगर, सरद घर्ती मगर, गणेश राहु मगर, रोम बहादुर राहु मगर, हिरालाल परियार, नुमालाल पुन मगर वैकल्पिक सदस्यहरुमा सज्जन राहु मगर, तारा राहु मगर, सुनील घर्ती मगर, सल्लाहाकारहरुमा झग बहादुर बुढा मगर, चन्द्र पुन मगर र दिपक सुनार रहनु भएको छ ।
















