शिव के.सी.
19 मार्च 2023, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तरगत पुर्वी दिल्ली एरिया समिति भित्र पर्ने साबित्री नगर र ग्रेटर कैलाश पार्ट 2 मा बस्ने नेपालीहरूको संयुक्त भेला सम्पन्न भएको छ । नगर सदस्य सिता के.सी.को अध्यक्षता एवं सविच विष्णु खनालको संचालनमा अगाडी बढेको भेलामा केन्द्रिय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय सहसचिव शिव के.सी., केन्द्रिय सल्लाहकार तथा नगर अध्यक्ष बिन बहादुर के.सी, केन्द्रिय परिषद सदस्य मुक्ती भुसाल, महिला नगर विभाग की सावित्रा कुवरको विषेश उपस्थिती रहेको थियो । भेलामा कमला खडकाको अध्यक्षतामा 7 सदस्यीय साबित्री नगर टोल समिति र सरिता पुनको अध्यक्षतामा 9 सदस्यीय ग्रेटर कैनाश पार्ट 2 टोल समितिको गठन गरिएको छ ।
साबित्री नगर टोल समितिमा अध्यक्ष कमला खडका, सचिव, बिमला न्यौपाने, कोषाध्यक्षमा तुलसा भुसाल, सदस्यहरूमा सरस्वती शर्मा, गोपाल खडका, रवि के.सी र मायाँ कुवर रहनु भएको छ भने ग्रेटर कैलाश पार्ट 2 टोल समितिमा अध्यक्ष सरिता पुन, सचिव सुमित्रा पंथी, कोषाध्यक्ष मिना अधिकारी, सदस्यहरूमा पार्वता पाण्डे, अमर कार्की, कृष्ण पंथी, शर्मिला कार्की, सिमा खनाल, र एक स्थान रिक्त रहेको छ । कार्यक्रममा शिव के.सी.ले देशको तात्कालिन राजनैतिक अवस्था एकता समाजको लक्ष उद्धेश्यबारे प्रकाश पार्नु भएको थियो । के.सी.ले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाकाल राष्ट्रियता जनतन्त्र जनजिवीकाको नेपालमा चल्ने आन्दोलनमा सकृय भमिका निर्वाह गर्दै आई रहेको छ । साथै भारतमा नेपालीहरू माथी हुने अन्याय अत्याचारको बिरूद्ध संगठित हुनुको विकल्प छैन भन्नु भयो । नवगठित समितिलाई बिन बहादुर के.सी, मुक्ती भुसाल, सावित्रा कुवरले शुभकामना दिनु भएको थियो ।