काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ चैत १० गते तदनुसार मार्च २४, २०२३ शुक्रबार साँझ भर्चुअल विधिबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलालाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, वामपन्थी नेता आनन्द शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका छविलाल बस्नेत, हेमलाल गौतम, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव केबी थापा, अमेरिका नेपाली एकता समाजका अध्यक्ष रेशम कँडेल, आयरल्यान्ड एकता समाजका अमर छन्त्याल र रुसका प्रतिनिधि ढुण्डिराज चुँदालीले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, विभिन्न देशका एकता समाजका अध्यक्ष/महासचिव र मसालसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।
भेलामा अध्यक्ष दुर्गा केसीले प्रगति प्रतिवेदन, महासचिव लुमाकान्त पुनले विधान र सङ्गठनात्मक रिपोर्ट तथा कोषाध्यक्ष शक्तमान बुढाथोकीले आयव्यय रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
भेलाले शक्तमान बुढाथोकी (हङकङ) अध्यक्ष रहनुभएको २९ पूर्ण सदस्य र ९ सल्लाहकारसहितको ३८ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षहरूमा तोयनाथ कँडेल (बेल्जियम) प्रेम पौडेल (भारत), हेमलाल गौतम (जापान), महासचिवमा लुमाकान्त पुन (कतार), सचिवमा छविबहादुर बस्नेत (ओमन) र कोषाध्यक्षमा अर्जुन सुनार (बेलायत) रहनुभएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरू ठाकुर खनाल (भारत), राजकुमार धिताल (सउदी अरब), खुम रायमाझी (कुवेत), शालिकराम सापकोटा (जापान), दीपक परियार (अमेरिका), गोपाल सापकोटा (जापान), देवनारायण पोख्रेल (बहराइन), देवेन थापा (आयरल्यान्ड), विष्णु पुन (दक्षिण कोरिया), जीवलाल शर्मा (दक्षिण कोरिया), अमर छन्त्याल (आयरल्यान्ड), दिनेश थापा (युएई), प्रकाश थापामगर (नेपाल), रेशम कँडेल (अमेरिका), अर्जुन उपाध्याय (युएई), अमृता राना थापा (हङकङ), धनबहादुर केसी (स्कटल्यान्ड), राजेश छन्त्याल (पोर्चुगल), धु्रव गौतम (डेनमार्क), ज्ञानेश्वर सापकोटा (लक्जमबर्ग), केशव खनाल (मलेसिया) र खिम बुढा (कतार) रहनुभएको छ ।
एवम् प्रकार भेलाले दुर्गा केसी (नेपाल), लेखत कुँवर (दक्षिण कोरिया), विन्दु खड्का (साइप्रस), धनवीर पुन (भारत), तेजेन्द्र क्षेत्री (जापान), निशा खनाल(बेलायत), ढुण्डिराज चुँदाली (रुस), पृथ्वी भट्ट (अस्ट्रेलिया) र तारानाथ पोख्रेल (रोमानिया) लाई सल्लाहकारमा चयन गरेको छ ।
भेलामा नवनिर्वाचित अध्यक्ष शक्तमान बुढाथोकीले शपथ लिनुभएको थियो भने राजमो नेता आनन्द शर्माले बधाई ज्ञापन गर्नुभएको थियो ।
दुर्गाबहादुर केसीको अध्यक्षता तथा ठाकुर खनालको सञ्चालनमा अघि बढेको भेलामा स्वागत शक्तमान बुढाथोकीले गर्नुभएको थियो ।