मूल प्रवाह फरीदावाद नगर समितिद्धारा आर्थिक सहयोग

फरीदावाद, १६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिमा आर्थिक सहयोगको लागि आएको निवेदन अनुसार बागलुङ घर भएका ११ वर्षिय पियुसलाई ब्लड क्यान्सर भएर उपचारका लागि आर्थिक सहयोगका लागि निवेदन आएको थियो ।

नगर समितिले आर्थिक अभियान सञ्चालन गरेर निज पीडितलाई रू. १७ हजार सहयोग गरेको छ । उक्ता सहयोग आर्थिक नगर अध्यक्ष एवं केन्द्रीय वैकल्पिक सदस्य बाबुराम विष्टले नगर समितिका जिम्मेवार कार्यकर्ताहरुको उपस्थितिमा हस्तान्तरण गर्नुभएको थियो । सहयोग प्राप्त पछि पीडित पिउष र उनका आफन्तले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धन्यवाद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार