साम्राज्यवादको एजेण्ट रविले चुनाव जिते पनि पुनः चुनाव हुन्छ : भट्ट

फरीदावाद, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर-मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको संयुक्त १०औं सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले दिप प्रज्वलित गरि ध्वनी करताल बीच गर्नुभएको छ ।

भट्टले उद्घाटन मन्तव्यका क्रममा ‘हामी राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षाको लागि देशभक्त जनतान्त्रिक शक्तीहरू एक-भई विभिन्न खाले राष्ट्रघाति, प्रतिगामी, महत्वकाक्षी, अवसरवादी, दक्षिणपंथी लगायत सबै प्रकारका खराब राजनैतिक विचार विरूद्ध संर्घष गर्दै नेपालमा आमुल परिवर्तनको लागि अगाडि बढेका छौं ।’ महासचिव भट्टले भन्नु भयो- ‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधीत्वको एवं भारतमा हामी नेपालीहरूले पाउनु पर्ने हकहित र सामाजिक सुरक्षाको लागि संघर्षलाई पनि जोड दिंदै आएका छौं ।’

नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादी गतिविधि बारे भट्टले भन्नु भयो- ‘हामीले संविधान र कानुनका आधारमा नै चितवन क्षेत्र नम्बर २ का कथित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छौँ तर त्योभन्दा महत्वपूणर् कुरा राजनीतिक पक्ष हो । त्यो राजनीतिक पक्ष के हो भने कथित स्वतन्त्र पार्टी नेपालमा अमेरिकाको साम्राज्यवादी स्वार्थ पूरा गर्न बनेको राजनीतिक सङ्गठन हो ।’ भट्टले अगाडि भन्नु भयो- ‘नेपालमा कथित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसित सम्बन्धित राजनीतिक पक्षहरूबारे कतिपय राजनीतिक पार्टी, सञ्चार माध्यम वा कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन् र यसका विरुद्ध प्रभावशाली वा सफल कदम पनि उठाएका छन् । त्यसका लागि त्यो सङ्गठनको साम्राज्यवादपरस्त चरित्रबारे कसैले कुनै विरोधको स्वर उठाएको पाइँदैन, त्यसबारे खालि नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले मात्र अग्रिम पङ्क्तिमा आएर सङ्घर्ष गरिरहेका छन् ।’ त्यस्तो हुन नदिन राष्ट्रिय जनमोर्चाले नेपालमा विभिन्न रूपमा बढ्दै गएको खतराप्रति गम्भीर ध्यान दिनका लागि सम्पूणर् जनतासित अपिल गर्दै र संघर्ष गर्दै आएको भट्टको भनाई थियो । चितवनमा अहिले हुन थालिरहेको उपचुनाव अमेरिकी साम्राज्यवाद विरुद्धको त्यही सङ्घर्षको अङ्ग भएकोले त्यो चुनाव चितवनको एउटा क्षेत्रको मात्र चुनाव भए पनि त्यसले राष्ट्रिय र दीर्घकालीन महत्व राखेको नेता भट्टले बताउनु भयो । ‘साम्राज्यवादको एजेण्ट रविले चुनाव जिते पनि पुनः चुनाव हुन्छ । उनले दुईवटा राहदानी उपगको मुद्धा खेपी रहेका छन् । अदालतमा त्यो मुद्धा विचाराधिनमा छ ।’

उद्घाट समारोहलाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले भारत भरि छरिएर रहेका नेपालीहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले केवल सामाजिक क्षेत्रमा मात्र नभई श्रमजिवी नेपालीहरुको चेतनास्तर अभिवृद्धिमा समेत महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको जोड दिनु भयो ।

समारोहलाई रक्तिम साँस्कृतिक अभियानकी केन्द्रीय सदस्य उषा थापा, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पूर्व अखिल नेपाल जनजाति सम्मेलन भाशाका उपाध्यक्ष किसन रानाले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय समितिका मोहन गिरी, विन बहादुर कुँवर, शिव केसी, सालिकराम आचार्य, धुर्व शाह, बाबुराम विष्ट, बाबुराम बस्नेत, तिलक पौडेल, कृष्टि राई, रमेश चन्द, रिम राना, साँस्कृतिक विभागका पहलसिंह परियार, जनजाति विभागका ओम थापा, महिला विभागकी मायाँ विसी, समता विभागका रेशम विक लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन वेल बहादुर रजालीले, अध्यक्षता विक्रम सिंह राणाले र स्वागत नारायण ज्ञावलीले गर्नुभएको थियो । कलाकारहरुले साँगितिक कोशेलीद्धारा स्वागत गरेका थिए । सम्मेलन दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार