भिवाडीमा सन्देश सभा सम्पन्न

भिवाडी, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले हालै सम्पन्न दशौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य कृष्टी राईले भारतमा नेपालीहरुलाई आउने समस्याबारे अवगत गराउनु भयो । साथै नेपालको वर्तमान राजनीति अवस्था अस्थिर भएको कारणले राष्ट्रियको माथी गम्भिर खतरा उत्पन्न हुने संभावना व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता काजीराम श्रेष्ठ, सञ्चालन अमृत के.सी. र बाबुराम खड्काको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

मूल प्रवाह क्षेत्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरे, सदस्य राम बहादुर थापा, नगर सदस्य डि.वी. राना, गिर बहादुर थापा, देव बहादुर बगाले, किशोर राई, एरिया समितिदेखि ध्रुव थापा, महिला नगर विभागदेखि फुलमाया कुमाल, विद्यार्थी नगर विभागदेखि सृष्टि राई र रानी थापाले कार्यक्रममा शुभकामना दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार