आगरामा सदस्यता अभियानको आरम्भ

राजकमल दत्त

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति आगराले आज दिनांक २८ मई २०२३ का दिनदेखि २०२३ को सदस्यता अभियान आरम्भ गरिएको छ । नगर समितिका अध्यक्ष मिठु केसीको अगुवाईमा जनसम्पर्क तथा सदस्यता अभियानको आरम्भ गरिएको हो । यस कार्यक्रममा सदस्यता वितरण/सदस्यता नवीनीकरण र विक्रम सम्बत २०८० को नेपाली भित्ते पात्रो वितरण गरिएको छ ।

पहिलो दिन भगवती ढाबा, औरतोनी, इंडष्ट्रीयल एरिया सिकन्दरावाद आगरा क्षेत्रमा रहनु हुने नेपाली श्रमिकहरूको घर दैलोमा पुगेर जनसम्पर्क तथा सदस्यता वितरण/सदस्यता नवीनीकरण र क्यालेण्डर वितरण गरिएको थियो । पहिलो दिनको कार्यक्रममा क्षेत्रीय सदस्य राम बहादुर केसी, नगर कोषाध्यक्ष दीनानाथ थापा, सिकन्दरावाद एरिया समिति, आगराबाट मीन बहादुर सोनी, भीमराज र अनिल रसाईली टोलीमा रहनु भएको छ ।

यस अभियानलाई अलग-अलग टिम बनाएर अझ तीव्रताको साथ अगाडि बढाउने लक्ष्य रहेको नगर अध्यक्ष मिठु केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार