
रोहतक, २४ मई । सुर्खेत जिल्लाको सौकुने गाउँपालिका वडा नं ७ का नवराज धमलाको छोरा बर्ष २२ का शिवराज धमलाको हिसार देखि नेपाल जाने क्रममा रोहतक मार्ग साप्लामा अज्ञात गाडिको ठक्करका कारण मृत्यु भएको थियो ।
आज उनको मूल प्रवाह रोहतक नगर समितिको सहयोगमा पिजीआई रोहतकमा पोस्टमार्टम पछि शव परिवार जनको साथ नेपाल पठाइएको छ । उहाँ हिसारमा मूल प्रवाहको सदस्य हुनुहुन्थ्यो ।
















