रोहतक । त्रिभुवन नगर पालिका धारापानी दाङ घोराहीका नर बहादुर घर्ति मगरको रोहतक पिजीआईमा उपचार भइरहेको थियो । उनको साथमा कोही पनि नभएको कारण मूल प्रवाह अलिख भारत नेपाली एकता समाजका कार्यकर्ताहरुबाट रेखदेख भइरहेको थियो ।
उनका आफन्तको खोजीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको फेसबुक पेजबाट उनको फोटो र भिडियो सार्वजनिक गरिएको थियो ।
फेसबुक पेजमा उनको फोटो र भिडियो देखे पछि २३ मई २०२३ का दिन उनको छिमेकी दाजु सम्पर्कमा आई नरबहादुर घर्ति मगरलाई स्वदेश लगेर गएका छन् ।