मूल प्रवाहको प्रयास पछि भारती कुमालका परिवारलाई क्षतिपुर्ति

रोहतक । भारतस्थित नेपालीहरु बीच अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता नेपाली एकता समाजको पहलमा आत्माहत्या गरेकी भारती कुमालका परिवारलाई क्षतिपुर्ति पाएका छन् ।
भारती कुमाल फरवरी २२ तारिखको दिन कामगर्ने घरमा चोरीको आरोप लागे पछि आरोपलाई सहन नसकि आत्महत्या गरेको थिइन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको अविरल प्रयासमा मृतक भारतीका आमा बुबालाई केही आर्थिक मुआब्जा दिलाइएको छ । भारती कुमाललाई ज्यूदो वापस त गर्ने कुरा नभएता पनि उनका परिवारलाई क्षतिपुर्ती दिलाइएको नगर अध्यक्ष शुभास गौतमले हामीलाई बताउनु भएको हो ।
मृतक भारती कुमाल पर्वत जिल्ला नेपालका लालबहादुर कुमालको छोरी छोरी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार