मूल प्रवाहद्धारा जयपुरमा विरोधसभा सम्पन्न

जयपुर, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको आयोजनामा हालै राष्ट्रपतिद्वारा प्रमाणित गरिएको नागरिकता विधेयकको विरुद्ध विरोधसभा सम्पन्न भएको छ ।

बाबुराम थापाको सञ्चालन, सोम बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त विरोधसभा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य बेल बहादुर रजालीले भारतको नेपालप्रतिको सधैं हेपाहा प्रवृतिको उजागर गर्दै हालै नयाँ संसद भवनमा राखिएको नक्शामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेकोमा घोर आपत्ति प्रकट गर्नु भयो । साथै यसलाई विगतदेखिको हेपाहा मिचाहा प्रवृतिको सिलसिलामा नयाँ कडीको संज्ञा दिनु भयो । नागरिकता विधेयक बारे बोल्दै उहाँले नेपालभित्रै वास्तविक नेपाली नै अल्पमतमा पर्ने खतरा देखापरेको बताउनु भयो ।

त्यसैगरी अन्य अतिथिहरु मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय सदस्य नारायण ज्ञावाली, रिम राना, पश्चिमोत्तर महिला विभागकी सदस्य हुमा रजाली, कल्पना थापाले पनि नागरिकता विधेयक तथा भारतको संसद भवनमा नेपालको भू-भाग देखाएकोमा विरोध प्रकट गर्नु भएको थियो । त्यसैगरी रुद्र बहादुर थापा, ललिता रानाले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा सहभागिहरुलाई बिना थापाले मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार