
विकाश मल्लठकुरी,
भिवानी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा विरोध सभा सम्पन्न पारिएको छ ।
राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध खारेजिको माग गर्दै विरोध सभा आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति मूल प्रवाह केन्द्रीय परिषद तथा भिवानी संस्थापक सदस्य वीर बहादुर कोपिलाले आसन ग्रहण गर्नु भएको थियोे । त्यस्तै केन्द्रीय परिषद सदस्य मनिराम अधिकारी, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि बिक र उर्मिला कोपिलाले अतिथि आसन ग्रहण गर्नुभएको थियो । नगर अध्यक्ष मोहन सिंह बिकको अध्यक्षता र नगर सचिव भिम बहादुर रायमाझीको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियोे ।
उक्त कार्यक्रममा शहिदहरुप्रति सम्मानमा एक मिनेट मौनधारणाबाट अगाडि बढेको सभामा नगर सदस्य चोप बहादुर पाण्डेले उपस्तिथि जनमानसलाई स्वागत गर्नु भएको थियोे ।
भुवन भण्डारी, विकाश मल्ल, सुरेन्द्र सिंह ठकुरी, अशोक सुनार, अम्मित्रा सुनार, रमेश क्षेत्रीले मन्तव्य दिनुभएको थियो ।
रोहतक,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै सम्पन्न सो विरोध सभामा ॅराष्ट्रघाती नागरिकता विधेयक खारेज गरौं, राष्ट्रियताको रक्षा गरौं’ भन्ने नारा लगाई विरोध जनाइएको थियो ।
















