धर्म सुनार प्युठानी
रोहतक । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ५ का चुरा बहादुर बिकका २८ मई २०२३ का दिन असामायिक निधन भएको थियो ।
उहाँको घरपरिवारमा आर्थिक स्थिति एकदमै नाजुक रहेको र छोरा पनि शारीरिक रूपमा अशक्त भएको कारण उहाँको परिवारमा थोरै मात्रामा भएपनि सहयोग गर्ने उदेश्यले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत पर्ने अस्तलवोर टोल समितिका कार्यकर्ता तथा शुभचिन्तकहरुको पहलमा आर्थिक संकलन गरिएको थियो ।
समितिका अध्यक्ष हेमन्त बिक र अन्य कार्यकर्ताहरुले इच्छा अनुसारको सहयोग संकलन गरी जम्मा भएको भा रु. १० हजार २ सय आर्थिक संकलन गरि नेपाल पठाइएको थियो ।