फरीदावाद, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत रहेका तीनवटै एरिया समितिको भेला सम्पन्न पारिएको छ । हेवलहेमला, एनआइटी र वल्लवगढ एरिया समितिको संयुक्त रुपमा भेला सम्पन्न भएको हो ।
शान्ता भुसालको अध्यक्षता र विष्णु विसीको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरूलाई सरिता विसीले स्वागत मन्तव्य दिनुभएको थियो ।
भेलाको विधिवत उद्घाटन बाबुराम विष्टले गर्नुभएको थियो । भेलामा केन्द्रीय सदस्य रमेश चन्द्र क्षेत्री, क्षेत्रीय सदस्य पिनु थापा, सुर्य क्षेत्री, महिला क्षेत्रीय विभागबाट रेशमी पुन र सकुन्तला थापा लगायतले आतित्थ्यता एवं भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले तीनवटै एरिया समिति चयन गरिएको छ ।
हेवल हेम्ला एरिया समिति :
अध्यक्ष- निर्मल सोनवानी मगर, उपाध्यक्ष- मनिराम थापा, सचिव- लेखराज केसी, कोषाध्यक्ष- ज्ञानु विष्ट, सदस्यहरूमा क्रमशः नारायण राना, विरु थापा, मोती बहादुर, चुमान बस्नेत, मानसिंह विष्ट, वैकल्पिक सदस्यमाः अशोक कु“वर, रेश्मी पुन मगर र राजेश कुँवर रहनुभएको छ । त्यस्तै भेलाले सुजाता खनाल, विकाश क्षेत्री र लक्ष्मण कुशुमलाई सल्लाहकार चयन गरिएको छ ।
एनआइटी एरिया समिति :
अध्यक्ष- लोकराज थापा, उपाध्यक्ष- तुल बहादुर जिसी, सचिव- कमल कुँवर, सहसचिव- मान बहादुर पाण्डे, कोषाध्यक्ष- कालिदास थापा, सदस्यहरूमा क्रमशः वेदराज आचार्य, सुरेश गिरी, किशन थापा, घनश्याम भण्डारी, दुर्गा थापा, विमला महरा, वैकल्पिक सदस्यमाः सविता थापा, लक्ष्मण चार्य र विशाल विसी रहनुभएको छ । त्यस्तै भेलाले नुमानन्द भुसाल, सरस्वती पाण्डे र प्रेम महरालाई सल्लाहकार चयन गरेको छ ।
वल्लवगढ एरिया समिति :
अध्यक्ष- तामराम शर्मा, उपाध्यक्ष- मिश्री खड्का, सचिव- अजय रेश्मी, सहसचिव- विपना विष्ट, कोषाध्यक्ष- उमेश जिसी, सदस्यहरूमा क्रमशः चन्द्र अधिकारी, छन्द बहादुर थापा, मन बहादुर राहुँ, मनु विष्ट, वैकल्पिक सदस्यमाः लेख बहादुर, कमल शर्मा र विष्णु जिसी रहनुभएको छ । भेलाले सागर खड्का, मिना जिसी र रमेश चन्द क्षेत्रीलाई सल्लाहकार चयन गरेको छ ।