सुरत । १५ अगस्त २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत मिनि बजार बरछामा नगर अध्यक्ष किशोर ताम्राकार र नगर सदस्य भिम साउदको पहलमा हिरा कुँवरको सञ्चालन दिपक सोनीको अध्यक्षतामा केन्द्रीय समितिका महासचिव प्रेम पौडेल, क्षेत्रीय सदस्य धू्रवराज न्यौंपाने, क्षेत्रीय सदस्य प्रकाश जनला, नगर सदस्य भिम साउदको उपस्थितिमा सो भेला सम्पन्न भएको थियो ।
चेतराम ताम्राकारको स्वागत मन्तब्यमा अघि बढेको एरिया भेलाले दिपक सोनीको अध्यक्षमा १५ पुणर् ३ बैकल्पिक ३ सल्लाकार गरि २१ सदस्यीय एरिया समिति निर्माण भएको छ । भेलामा केन्द्रीय महासचिव प्रेम पौडेलले मूल प्रवाहले प्रवाशी नेपालीहरु माथि भैइपरिआएका समस्यालाई सामाधान गरेको बिषय र प्रवाशी नेपालीहरुले मूल प्रवाहमा संगठित हुनुपर्ने आवश्यकता र मूल प्रवाहले देशभित्र चलेका न्याय पुणर् आन्दोलनमा पुर्याउँदै आएको भुमिकाको बारेमा बिस्तारपुर्बक आफ्नो भनाइ राख्नु भएको थियो । अन्य उपस्थिति अतिथि साथिहरुले नयाँ समितिलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष- दिपक सोनी, उपाध्यक्ष- चेतराज ताम्राकार, सचिव- हिरा कुवर, सहसचिव – मिठु दास, कोषाध्यक्ष- दिल कुमार सोनी, सदस्य- लक्ष्मण सुनार, दल बहादुर बोकटी, अर्जुन सुनार, चन्द्र साउँद, धन साउँद, दिपक चौधरी, खगिसरा लामिछाने, सुर्जा सुनार, दुर्गा सोनी, रितु चौधरी, पार्वती सुनार, बिर बहादुर बिक, कौशिला दास, बिर बहादुर परियार, चन्द्र साउँद (ख), अजय बराल र अनिल सिजापती रहनुभएको छ ।
त्यसैगरि १३ अगस्त २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता सुरत नगर समिति अन्तर्गत ईश्वर कृपा एरियामा डम्बर विकको सञ्चालन गोविन्द सुनारको अध्यक्षता र क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सदस्य सुरत तिज कार्यक्रमका तयारी समितिका संयोजक प्रकाश जनला सुरत नगर अध्यक्ष किशोर ताम्राकारको अतिथिमा नवराज ताम्राकारको स्वागत मन्तव्यमा अघि बढेको एरिया भेलाले गोविन्द सुनार अध्यक्षमा १७ पुणर् ४ बैकल्पिक ३ सल्लाकार सहित २४ सदस्यीय एरिया समिति निर्माण गरिएको छ ।
त्यसैगरि १७ अगस्तका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत सिटिलाइट एरिया भेला सम्पन्न भएको छ ।
नगर सदस्य गणेश कटुवालको अध्यक्षता तथा जगत भण्डारीको सन्चालनबाट शुरुभएको सो भेलामा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष उपस्थितिमा सम्पन्न सो भेलाले गणेश कटुवालको अध्यक्षतामा सिटिलाईट एरिया समिति गठन गरिएको छ । १७ पुणर् ३ बैकल्पिक र ३ सल्लाकार गरि २३ सदस्यीय एरिया भेलामा सहभागिहरुलाई रामु भण्डारीले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।