किडनी पिडीतलाई मूल प्रवाहद्धारा आर्थिक सहयोग

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समितिले किडनी पिडीत बल बहादुरलाई आर्थिक सहयोग गरेको छ ।

रोल्पा जिल्ला, सुनील स्मृती गाउँपालिका ६, निवासी वर्ष ३० का बलबहादुर हिमाचल शिमलामा रोजगारी गर्दै आएका थिए । उनको आकस्मात दुबै मिर्गौलाले काम गर्न छाडेको र आफ्नो आर्थिक अवस्था अत्यन्तै कम्जोर भएको बताउँदै नगर समिति फरीदावादमा आर्थिक सहयोगका लागि निवेदन दिएका थिए । उनी हाल फरीदावादमा रहँदै आएकी आफ्नो दिदी-भिनाजुकोमा आश्रय लिएका छन् ।

उनको अवस्थालाई मध्यनजर गर्दै फरीदावाद नगर समितिले भारु ९ हजार ४ सय सहयोग गरेको छ । सो आर्थिक नगर समितिका अध्यक्ष बाबुराम विष्ट र क्षेत्रीय समितिका सदस्य सूर्य बहादुर क्षेत्रीले पिडीतलाई हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार