
जमुना शर्मा
हजारौं दुःखसँग गर्दैजाँउ सामना
नयाँ सालको तीजको शुभकामना ।
बर्ष दिन घुमेर आयो तीजको लहर
चाड मान्न कसैलाई नहोस कहर ॥
गाउँ बस्ति खबरमा यहि खबर पुर्याउँहै
प्रगतिशील गीत गाई तीज मनाउँ है ।
दबिएका आवाज र अन्यायलाई चिरेर
नहिडौं है देखासिकी नक्कल गरेर ॥
रातो सारी चोलि अनि चुरापोते सादा लाँउ
मौलिक गीत गाएर नाच्न सबै जाँउ ॥
जे जस्तो छ त्यहि खाँउ बरू आफ्नै घरैमा
तडकभडक नदेखाउँ संगको करैमा ॥
महिला मुक्ति आन्दोलन गीत लेखि गाउँ है
सामान्ति चिन्तनलाई हाम्ले चिनौं है ॥
अन्याय र अत्याचारको भण्डाफोर गरेर
हिंडौं अब दिदिबैनि अघि बढेर ॥
समाजमा बढेका विकृति र व्यभिचार
चिर्दै जाउँ दिदि-बैनि हिंसा अपराध ॥
धेरै सह्यौं आजसम्म पृथ्वी झैं भएर
जुर्मुराउँदै उठौं सबै गाउँ मै गएर ॥
















