
भगवती कुवर (पुदुचेरी)
घुम्दै फिर्दै आयो तीज पोखौ आफ्ना भावना
2080 साल तीजको सुभकामना।
गासबासको खोजीमा हामी भारत आएका
भारतमा नेपालीले दुख पाएका।।
संघर्षको बाटो हाम्रो धेरै घुम्ती अफ्ट्यारो
जित हुन्छ सत्यताको बिस्वास छ हाम्रो ।
संघियता चाहिदैन भन्ने गरौ प्रचार
मूल प्रबाहमा एकजुट हुँदै जीवन सुधार ।।
भारतमा छरिएका नेपाली दाजुभाइ
मूल प्रबाहको सदस्यता लिने गरौ है।
कहिले मन्दार्स कहिले दिल्ली कहिले घुम्दै कलकत्ता
नोकरीको खोजीमा सयौं बेपत्ता ।।
भारतमा छरिएका महिला पुरुष दाजुभाइ
नेपाली समाचारको ग्राहक बनौ है।
माइत छदा दाजुभाइ संस्कारको बन्धन
बिहे पछि त्यो बन्धन बढ्यो झनझन।।
पैत्रिक त्यो सम्पत्तिमा हाम्लाइ हक चाहिन्छ
छोरी भनी हेला गर्न कहाँ पाइन्छ ।
बरु दाइजो चाहिदैन दुनियाँलाई देखाउन
माया भए पर्छ बाबा छोरी पढाउन।।
उठौ नारी बुझौ कुरा संसारलाई चिनिदिउ
नारी मुक्ति आन्दोलनमा अब हिडिदिउ।
अफ्ट्यारा र चुनौतीको गर्दै जाउ सामना
नया तीजको सबैमा सुभकामना।।
।समाप्त।
















