देशका नागरिकका लागि आफ्नो राष्ट्रियता सबैभन्दा मुख्य र ठूलो बिषय हो : खनाल

नई दिल्ली । एमसीसी चाहिंदैन, देश वेच्न पाईदैन भन्ने मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा एमसीसीको विरोधमा सभा सम्पन्न पारिएको छ ।

केन्द्रीय अध्यक्ष ठाकुर खनालले कुनै पनि देशका नागरिकका लागि आफ्नो राष्ट्रियता सबैभन्दा मुख्य र ठूलो बिषय भएको बताउनु भयोे । ‘राष्ट्रियता माथी हुने खतरनाक अमेरिकी साम्राज्यवादको घातक योजना र सत्तासिन र विपक्षका ठुला भनाउँदा पार्टिका राष्ट्रियता सबन्धी बिकुवा र फितलो नीति र चाललाई असफल पार्नु पर्ने हुन्छ ।’ अध्यक्ष खनालले भन्नु भयो- ‘एमसीसी खारेज गराउन सम्पूणर् देशभक्त शक्तिहरु एकतावद्ध हुनुपर्ने आवश्यकता छ । कुनै पनि देशका नागरिकका लागि आफ्नो राष्ट्रियता सबैभन्दा मुख्य र ठूलो बिषय हो ।’

सिता के.सीको अध्यक्षता र दिनेश पन्थीको सञ्चालनबाट अगाडि बढेको सो विरोध सभामा सहभागिहरुलाई शब्दबाट हेमा भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य शिव केसी, विन बहादुर कुँवर, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी संयोजक लक्ष्मी खडायत, नई दिल्ली नगर समितिका सचिव विष्णु खनाल, एरिया समिति मध्य दिल्ली दक्षीण दिल्ली रोमा खनाल, मन कला भुसालले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार