
कोट्याम । केरलको कोट्टयाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय सदस्य चोवनाथ शर्माले उद्घाटन गर्दै सेप्टेम्बर १७, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नारासहित सम्पन्न सो कार्यक्रममा क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्माराज शर्मा, मूल प्रवाहका भद्रबहादुर थापा, धनकुमारी केसी, मनोज जिसी, क्षेत्रीय रक्तिम मोर्चाका सम्झना श्रीसथापा, विद्यार्थी मोर्चाका आलोक म्याकमिलन, नगर समितिबाट डिलबहादुर थापा र अनिसा शर्माको अतिथ्य रहेको थियो ।
कार्यक्रममा सेते तामाङ, नारायण कार्की, कृष्णप्रसाद शर्मा, प्रेम शर्मा, रूपा पौडेल, बुद्धिमान नेपाली, लालचन्द्र पौडेल, युवराज रेग्मीले मन्तव्य राख्नुभएको थियो ।
महिला नगर विभागकी खिरमाया थापाको अध्यक्षता तथा देवी रिजाल अधिकारीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई कुमारी थापाले स्वागत गर्नुभएको थियो ।
















