फरीदावादमा मूल प्रवाहद्धारा तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न

फरीदावाद । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसीको बिरोध गरौं’ भन्ने मूल नाराका साथ १८ सेप्टेम्बर २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद महिला नगर बिभागको आयोजनामा हरितालिका तीज कार्यक्रम सम्पन्न पारेको छ ।

कार्यक्रमको अध्यक्षता बिभाग कि संयोजक माँया बिसीको अध्यक्षता तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका रमेश चन्द्र क्षेत्री, बाबुराम विष्ट, केन्द्रीय परिषद्का विष्णु बिसी, धरम खनाल, पश्चिमोत्तर क्षेत्रीय समितिबाट सुर्य क्षेत्री, पश्चिमोत्तर क्षेत्रीय महिला विभागबाट शिवा बिष्ट, रक्तिम साँस्कृतिक बिभागबाट अजय रेशमी, बिद्यार्थी विभागबाट सरिता बिसी, महिला नगर बिभागबाट नमकला बिष्ट, मिश्री खडका, नगर समितिबाट मान सिंह बिष्ट, चन्द्र अधिकारी, हेवल हेमला एरियाबाट निर्मल सोनवनी मगर, एनआईटी एरियाबाट लोकराज थापा, वल्लभगढ एरियाबाट तामाराम शर्माको आतिथ्यता रहेको थियो ।

शान्ता भुसालको सञ्चालनबाट अघि बढेको सो कार्यक्रम शहीदहरूप्रति एक मिनट मौनधारण पछि स्वागत महिला नगर विभागबाट शकुन्तला थापाले गर्नु भएको थियो ।

सो कार्यक्रमको उद्घाटन केन्द्रीय समिति का रमेश चन्द्र क्षेत्रीले गर्नुभएको थियो भने महिला नगर विभागका साथिहरुले घर फर्क चेली भन्ने शीर्षकको तीजि गीत गाएर स्वागत गर्नु भएको थियो । शुभकामना मन्तव्य रमेश चन्द्र क्षेत्रीले दिनु भएको थियो ।
अन्त्यमा सौहार्दपूणर् वातावरणमा कार्यक्रम समापन भएको घोषणा भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार