रोहतकमा हरितालिका तीज कार्यक्रम सम्पन्न

धर्म सुनार प्युठानी

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति महिला विभाग रोहतकको आयोजनामा प्रगतिशील हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ ।

महिला विभागकी संयोजक सिता परियारको अध्यक्षतामा सुरुभएको कार्यक्रममा नगर समितिका बरिष्ठ सदस्य गणेश शर्मा, पश्चिम उत्तर क्षेत्रीय सदस्य रेशम विक, क्षेत्रीय सल्लाहकार एवं नगर समितिका अध्यक्ष सुभाष गौतम, टाम बहादुर परियार, मोहन नेपाली, बसन्त केसी, हिसार रोड एरियाबाट गणेश रसाईली, सिटी एरियाबाट ऋषिराम शर्मा, सिविल लाईन एरियाबाट विक्की परियार, सुखपुराचोक टोल समितिबाट राजु सुनार, आदर्श नगर टोल समितिबाट बोबी पन्थी, सुभाष नगर टोल समितिबाट गिता परियार, अस्तलवोर टोल समितिबाट मिना चौधरी, जगदीश कालोनी टोल समितिबाट गोर बहादुर घर्ति मगर, काठमण्डी टोल समितिबाट सिता नेपाली, कमल कालोनी टोल समितिबाट लक्ष्मी मल्लले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
अतिथि आसन ग्रहण पछि विश्वभरका चिर परिचित शहिदहरू प्रति एक मिनेट मौनधारण गर्दै सम्मान पछि कार्यक्रमको उद्घाटन पश्चिउत्तर क्षेत्रीय सदस्य रेशम विक र क्षेत्रीय सल्लाहकार एवं नगर समितिका अध्यक्ष सुभाष गौतमले संयुक्त रुपमा गर्नुभएको थियो ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै क्षेत्रीय सदस्य रेशम बिकले नेपाली महिलाहरूको महान पर्व हरितालीका तिजको शुभकामना दिँदै सर्वप्रथम नेपाली महिलाहरूको समान हकको कुरा र पैतृक सम्पत्तिमा समेत समान अधिकार हुनुपर्ने तर पुरुष प्रधान समाजले स्वीकार गर्न नसकेको बताउनुभयो ।

नेपाली महिला द्वारा आउँदो समयमा संघर्ष गर्न जोड दिनुपर्ने पुरुष प्रधान समाजले आफ्नो मानसिकता बदल्नु पर्ने बिचार राख्नुभएको थियो । नेपाली समुदायमा फैलिएको सबैखाले विकृतिमा सुधार कायम गर्न अपिल समेत गर्नुभयो ।

नेपालको राजनीतिक बिषय र अमेरिकाबाट जबरजस्ती ल्याएको एमसीसीको बारेमा पनि प्रस्ट्याउँदै आफ्नो बिचार राख्नुभएको थियो । उपस्थित सम्पुणर् जनसमुदायलाई नगर समितिकी उपाध्यक्ष उषा बिकले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

नगर समितिका सदस्य एंव नेपाली समाचार संवाददाता धर्म सुनारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । नेपाली भेषभुषामा सजिएर आउनुभएका नेपाली महिला हरूले दिनभरि तिजका गितहरू गाउदै, नाच्दै मनोरञ्जनका साथ तीज कार्यक्रम भब्य रुपमा सम्पन्न पार्नुभएको हो ।

अन्तमा कार्यक्रमकी अध्यक्ष सिता परियारले सबैलाई कार्यक्रममा सहभागी भएर सफल पार्नुभएकोमा धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार