अर्घाखाँचीमा तीन ऐतिहासिक अभियानको भेला

सन्धिखर्क । अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको आयोजनामा तीन एतिहासिक अभियानको भेला सम्पन्न भएको छ । प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा २०८० असोज ६ गते शनिबारका दिन सन्धिखर्कको मसालबजारस्थित राजमो कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

“ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ !” नाराका साथ अघि बढेको उक्त कार्यक्रममा ऐतिहासिक तीन अभियान, पार्टीको अनुशासन, आगामी दिनका पार्टीका योजना, कार्यकर्ताको जिज्ञासा र देशविदेशका गतिविधि र आगामी योजनाको बारेमा छलफल गरिएको थियो ।

भेलामा राजमो प्रदेश सल्लाहकार शेरबहादुर बिसी, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा, राजमो केन्द्रीय सदस्य सागर केसी, राजमो केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, अखिल नेपाल जनजाति महासचिव उषा पुन, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द विसीको आतिथ्य रहेको थियो ।

त्यसैगरी कार्यक्रममा जातीय समता समाज केन्द्रीय सदस्य राजु सुनार, अखिल नेपाल युवक सङ्घका अजय केसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सदस्य रामचन्द्र भुसाल, शिक्षक सङ्घका टेकबहादुर थापा, अखिल नेपाल बुद्धिजीवी सङ्घका कमलप्रसाद घिमिरे, प्रगतिशील पत्रकार सङ्घका जिल्ला सदस्य सन्तोष सुनार र अर्घाखाँची जिल्ला नगरपालिका प्रतिनिधिहरूको पनि आतिथ्य रहेको थियो ।

भेला थम्मन केसीको अध्यक्षता, गोपाल पौडेलको स्वागत मन्तव्य र भीमलाल आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार