सुरत, २४ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर महिला विभागको आयोजनामा १७ सितम्बर २०२३ का दिन सम्पन्न भएको प्रगतिशील तिज कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न पारिएको छ ।
नगर सदस्य पुणर्सिंह ठकुरीको सञ्चालन र नगर अध्यक्ष किशोर ताम्राकारको अध्यक्षताबाट अगाडि बढेको सो समिक्षा कार्यक्रममा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय सदस्य सम्पूर्ण बिकु धु्रवराज न्यौंपाने, सविना कुँवर, क्षेत्रीय कलाकार सदस्य करन गिरी, नगर महिला विभाग कि अन्जली सुनारले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
नगर समितिका भिम साउँद, लीला डाँगी, महिला विभाग कि देनेश्वारी कुँवर, कमला भुल लगाएतले तिज कार्यक्रमको बारेमा समिक्षा गर्नुभएको थियो । तिजी कार्यक्रममा अपेक्षा भन्दा अधिक जनमानसको सहभागिता रहेको पाइयो । हलको क्षमताभन्दा अधिक जनमानसको अधिक उपस्थिति र चापको कारण कार्यक्रम समयभन्दा पहिले नै बन्द गर्नु परेता पनि संगठनको प्रचारात्मक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पाइयो ।