सुरतमा रक्तिम साँस्कृतिक बिभागको भेला सम्पन्न

निखिल रावत गुजरात

सुरत, १ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत रक्तिम साँस्कृतिक विभाग सुरत नगर विभागको भेला सम्पन्न भएको छ । कुशुम कुँवरको अध्यक्षता एवं आन्सिका थापाको सञ्चालनबाट अगाडि बढेको उक्त भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सदस्य धु्रबराज न्यौंपाने, पुर्ण विक, सविना कुँवर, सुरत नगर समितिका पुणर् सिंह ठकुरी, गोविन्द सुनार, शुस्मा श्रेष्ठ, क्षेत्रीय बिभागका कलाकार करन गिरी, लगायतको उपस्थित रहेको थियो ।

भेलाले कुशुम कुंवरको संयोजकत्वमा ११ सदस्यीय सुरत नगर रक्तिम साँस्कृतिक विभाग गठन गरिएको छ । जसमाः सदस्य आन्सिका थापा, रेखा विक, मनिसा विक, जानकि विक, सुनिता विक, निकिता जनला, कविता विक, रचना श्रेष्ठ र २ स्थान रिक्त राख्दै भेलाले नयाँ समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार