पूर्वी दिल्ली, २ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी दिल्ली नगर समितिको पुनर्गठन गरिएको छ । केन्द्रीय सदस्य शिव केसीको प्रमुख आतित्थ्यतामा सम्पन्न भेलाले सो नगर समिति पुनर्गठन गरिएको हो ।
चक्रसिंह केसीको सञ्चालन भानु प्रसाद श्रेष्ठको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई लालसिंह रानाले स्वागत गर्नुभएको थियो । भेलाको विधिवत उद्घाटन प्रमुख अतिथि शिव केसीले गर्नुभएको थियो ।
भेलाले भानु प्रसाद श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय पूर्वी दिल्ली नगर समिति पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष- लाल सिंह राना, सचिव- सुभास केसी, सहसचिव- विमल विक्रम र कोषाध्यक्ष- शंकर क्षेत्री रहनुभएको छ । त्यस्तै सदस्यमा चक्रसिंह केसी, तुल विक्रम खाँड, कुम्भ बहादुर जिएम, उषाकला केसी, वैकल्पिक हरि शाही, अशोक बस्नेत र गोपाल खनाल रहनुभएको थियो ।
त्यस्तै भेलाले गोपाल परियार, विमल सुब्बा र राजकुमार राहुँ मगर रहनुभएको छ । नयाँ समितिलाई शिव केसीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।