
धर्म सुनार प्युठानी
रोहतक, ८ अक्टोबर । लामो समयदेखि प्रवासी संघमा आवद्ध भई काम गर्दै आउनुभएका साथीहरू आज मूल प्रवाहमा प्रवेश गरेका छन् । मूल प्रवाहको नीति नियमहरूबाट अत्यन्तै प्रभावित भएका साथीहरूले मूल प्रवाहको सदस्यताका साथ संगठनमा प्रवेश गरेका हुन् ।
मूल प्रवाहका सदस्य डिलुराम भट्टराई र सुभाष गौतमको पहलमा नगर समितिका धर्म सुनार, विक्की परियार र सिता परियारको बिशेष उपस्थितीमा भेला गरी बिभिन्न बिषयहरूमा छलफल पस्चात ११ सदस्यीय दुर्गा कालोनी टोल समिति गठन गरीएको हो ।
जसमा : अध्यक्ष- कमला खत्री, सचिव- रबिना सुनार, कोषाध्यक्ष- सुसिला सुनार, सदस्यहरूमा क्रमश : शहदेव थारु, कल्पना थारू, माया सुनार, अमृता भट्टराई, प्रतिमा आचार्य, निरु थापा, बिकास खत्री र बिपिन खत्री रहनुभएको छ ।
सम्पुर्ण नवनिर्वाचित सदस्य साथीहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको तर्फबाट सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौँ ।















