काठमाडौँ । अखिल (छैठौं) ले इजरायल घटनाप्रति ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
२०८० असोज २२ गते सोमबार अध्यक्ष देवेन्द्र कुँवरद्वारा जारी प्रेसवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको हो ।
सङ्कटमा फसेका नेपालीको तत्कार उद्धार गर्न आग्रह गरिएएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ : “इजरायलमा भएको त्रासदिपूर्ण घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली विद्यार्थी साथीहरूप्रति हाम्रो सङ्गठन भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।
हामीले सम्पूर्ण घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ र सङ्कटमा फसेका सबै नेपालीको तत्काल उद्धार गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावाससहित सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई हार्दिक अपिल गर्दछौँ ।
मानवीय सङ्कटको यस घडीमा नेपाल सरकारले जुनसुकै उपाए लगाएर भए पनि आफ्नो देशका नागरिकको स्थिति पत्ता लगाई
उनीहरूको जीवनरक्षा गर्नु, सुरक्षा गर्नु र उद्धार गर्नु प्रमुख कर्तव्य हो । हामीले सरकारलाई गम्भीरतापूर्वक यसको पहलकदमी लिन अनुरोध गर्दछौँ ।”