धर्म सुनार प्युठानी
रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४५औं स्थापना दिवस सम्पन्न भएको छ ।
नगर समितिका अध्यक्ष सुभाष गौतमको अध्यक्षता र धर्म सुनार प्युठानीको संचालनमा सुरु भएको सो कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय सदस्य रेसम बिक, सदस्य गणेश शर्मा, नगर महिला संयोजक सिता परियार, सिविल लाईन एरिया अध्यक्ष विक्की परियार र टोल समितिका अध्यक्ष बोबी पन्थी, कमला खत्री, हेमन्त बिक, रमेश बिक, राजु सुनारले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
श्रमजीवी बर्गको हकहितको संरक्षणको लागि शहिद हुनुभएका शहिदहरुप्रति एक मिनेटको मौनधारण पछि उपस्थित सम्पुणर् साथीहरुलाई नगर समितिका सदस्य गणेश गौतमले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
४४औं बर्षको मूल प्रवाहको इतिहासमा बोल्दै रेशम बिकले नेपालीहरुको हकहितमा बिभिन्न खाले संघर्षको साथ आज मूल प्रवाह भारतस्थित नेपालीहरूको अभिभावक र पाठशालाको रूपमा रहेको बताउनुभयो साथै सम्पुणर् नेपालीहरुलाई मूल प्रवाहको झण्डामुनी एकताका साथ अघि बढ्न आवहान गर्नुभएको थियो ।
महिलाहरुको हकहितको सवालमा पनि मूल प्रवाह अब्बल दर्जाको संगठन रहेकाले सम्पुणर् महिला दिदीबहिनीहरुलाई मूल प्रवाहको सामेल हुन सिता परियारले आवहान गर्नुभएको थियो । साथै अन्य अतिथिहरुले पनि आ-आफ्नो बिचार राख्नुभएको थियो ।