रोहतक । हरियाणाको पानिपतमा कुनै कम्पनीमा काम गर्ने नेपाली राजेन्द्र सिंहको उपचारकोक्रममा मृत्यु भएको थियो ।
उनको नेपालमा घरपरिवार कसैको पनि सम्पर्क नरहेको साथमा काम गर्ने प्रेम सिंह कार्कीले जानकारी दिएका थिए । उनको मृत्युपछि उनका साथी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिका साथीहरुको उपस्थितीमा पोस्टमार्टम गरि मूल प्रवाहको सहयोगमा दाहसंस्कार गरिएको हो ।