आगरामा मनाईयो ११४औं महिला दिवस

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति, आगराले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

कार्यक्रमको अध्यक्षता संयोजक विभाग प्रमुख श्रीमती देवी शाहले र सञ्चालन लाखन परियारको सञ्चालनबाट अघि बढेको सो कार्यक्रममा ज्ञात-अज्ञात शहिदहरूको एक मिनटको मौनधारण पश्चात विभिन्न वक्ताहरूले आ-आफ्ना विचारहरू व्यक्त गर्दै महिलाहरूको वर्तमान दशा र दिशा माथि प्रकाश पार्नु भएको छ ।

आगरा स्थित महिला, युवती र बालिकाहरूको सर्वांगिण विकास कसरी हुन्छ, भन्ने सुझावहरू पनि राख्नु भएको छ । राम बहादुर केसीले आफ्नो वक्तव्यमा आगरा निवासी महिला समुदायको एकजुटता नै हाम्रो सिंगो समाजको उत्थानमा विशेष महत्व रहने बताउनु भएको छ । यस कार्यक्रममा नगर कोषाध्यक्ष दिनानाथ थापा, निर्मला पुन, सीता थापा, उर्वशी थापा, संगीता परियार, कोपीला परियार, चन्दा थापा, पूरन परियार, रामू परियार, विनोद परियार, निक्की परियार आदिको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार