रोहतक । नगर महिला विभागको आयोजनामा श्रमिक महिला दिवसको कार्यक्रम सुरुभएको थियो ।
महिला संयोजक सिता परियारको अध्यक्षता र महिला सदस्य कल्पना परियारको सञ्चालनमा पश्चिम उत्तर क्षेत्रीय सदस्य रेशम विक, नगर अध्यक्ष सुभाष गौतम, नेपाली समाचारका धर्म सुनार प्युठानी, नगर महिला विभागबाट सोनीया बेलवासे, सिटी एरियाबाट खेमबहादुर कुमाल, सिविल लाइन एरिया अध्यक्ष विक्की परियार, सुभाष नगर टोल समितिबाट चन्दन परियार, अस्तलवोर टोल समिति अध्यक्ष सरस्वती सुनार, दुर्गा कालोनी टोल समिति अध्यक्ष कमला खत्री, सुखपुराचोक टोल समितिबाट अनिता गौतम, महिला बिभागबाट मिना चौधरी र काठमण्डी टोल समितिबाट सिता नेपालीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
बिश्वभरका चिरपरिचित शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई महिला विभागकी मिना गौतमले शब्दद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै सोनीया बेलवासेले महिला हकहित र अधिकारको प्रयोग गर्दै श्रमजीवी महिलाहरू जागरुक हुनुपर्ने बिचार राख्नुभयो ।
नगर अध्यक्ष सुभाष गौतमले महिला माथि गरिने अपराध, दुब्र्यबहार सहन गर्नु हुँदैन । महिलाको साथै पुरुषहरूले पनि सम्मान ब्यबहार गर्नुपर्दछ, भन्ने बिचार राख्नुभयो । त्यसैगरि धर्म सुनार प्युठानीले यस दिनलाई पर्वको रूपमा मनाउने भन्दापनि ब्यबहारमा लागु गर्नुपर्छ महिलामाथि दुव्र्यवहार, बलात्कार, अन्याय, अत्याचार बिरुद्ध जागरुक भई यस्ता समस्याहरूलाई न्यूनीकरण गर्नका निम्ति महिलाहरू सचेत हुनैपर्छ भन्ने बिचार राख्नुभयो ।
रेशम विकले महिला मुक्ति आन्दोलनको इतिहास र यसको उदष्य बारे बिस्तारमा प्रष्ट पार्नुभयो । साथै बिच बिचमा रक्तिमका गितहरू गाएर मनोरंजन गराउनुभयो । साथै सम्पुणर् अतिथीहरूले आ-आफ्नो बिचार राख्नुभयो । अन्त्यमा कार्यक्रमका अध्यक्षले भब्य र सभ्य रुपमा कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।