पानीपत, १७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पानीपतको पुनर्गठन गरिएको छ । भेला केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य विक्रम सिंह राणा र पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य सूर्य बहादुर क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
भेलाले गंगा केसीको अध्यक्षतामा १५ सदस्यीय पानीपत नगर समिति पुनर्गठन गरिएको छ । उपाध्यक्ष- किशनलाल बिश्वकर्मा, सचिव- कमल खनाल, सहसचिव- प्रेम क्षेत्री र कोषाध्यक्ष- डम्बर ओली रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः इन्द्रराज सोमै, केशव कँडेल, हरि गुरुङ, खेम बिक, बैकल्पिक सदस्यको तीन स्थान रिक्त र सल्लाहकारमा बाबुराम क्षेत्री रहनुभएको छ । सल्लाहकारको दुई स्थान रित्त रहेको छ ।