जयपुरमा मजदुर मनाइयो

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा १३५औं दिवस कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य नारायण ज्ञवाली हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै नारायण ज्ञवालीले मजदुरहरूको मजदुरहरूको हातमा संसार परिवर्तन गर्न सक्ने शक्ति भएको तर यो शक्ति छरिएर रहेकाले संसारभरिका मजदुरहरूको संगठित आवाजले पुँजीवादी व्यवस्थालाई ध्वस्त पारी समाजवादी राज्य व्यवस्थाको स्थापनाका लागि आधार तयार पार्नुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रमका अन्य वक्ताहरूमा मूल प्रवाह नगर समिति जयपुर दक्षिणबाट रुद्रबहादुर थापा, महिला विभागबाट रवि थापा, धनमाया थापा, बिना थापा तथा राजकुमारले हुनुहुन्थ्यो ।

सो कार्यक्रम टंकबहादुर थापाको सञ्चालन तथा रिम रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने स्वागत मन्तव्य बलबहादुर खासुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार