मूल प्रवाहले गर्यो आर्थिक सहयोग

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबादले दुबै किड्नी फेल भएका नेत्रप्रसाद अधिकारी नेपाल घर रामवन टाढी ३ जीतपुर सिमरा बारा नेपाल हाल बसोबास गर्दै आएको हाउस नम्बर १८१ सेक्टर १४ फरीदाबादलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद महिला नगर विभाग कि कार्यकर्ता सविता थापा तथा एरिया अध्यक्ष लोकराज थापाको पहलमा आर्थिक सहयोग गरेको छ ।

उहाँ नेत्रप्रसाद अधिकारीको दुईवटै किड्नी फेल भइसकेपछि उपचार गर्दागर्दै निजसँग भएको सबै आर्थिकहरू समाप्त भइसकेपछि उहाँले सहयोगको अपिल गर्नुभएको थियो । उहाँको अहिले हप्तामा तीनपटकसम्म डायलासिस गर्नुपर्ने अनिवार्य भएको छ र निजको दिल्ली स्थित अल इंडिया मेडिकलमा उपचार चलिरहेको छ । किड्नी ट्रान्सप्लान्टको तयारी पनि चलिरहेको छ । किड्नी वहाँ कि श्रीमती शारदा अधिकारीले दिने सहमति भइसकेको र केही प्रक्रियाहरू मात्रै बाँकी रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार