जोधपुर, १४ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जोधपुर नगर समितिको सातौं सम्मेलन तयारी भेला सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष कपिल खनालको विशेष उपस्थितिमा सम्पन्न भएको सो भेलाले यम बहादुर नेपालीको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ ।
सम्मेलन आगामी २०–२१ जुलाई २०२४ मा सम्पन्न हुने केन्द्रीय समितिले पूर्व जानकारी गराइसकेको छ ।
भेलाको अध्यक्षता यमबहादुर नेपालीले र सञ्चालन खगेश्वर शर्माले गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष कपिल खनालले आतित्थ्यता गरेपछि कार्यक्रममा सहभागिहरुलाई जित बहादुर थापाले स्वागत गर्नुभएको थियो ।
भेलाले यम बहादुर नेपालीको संयोजकत्वमा खगेश्वर शर्मा, सानु बस्नेत, जित बहादुर, उदित भण्डारी सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै खगेश्वर शर्माको संयोजकत्वमा उदित भण्डारी, जित बहादुर थापा, गोपाल नेपाली, सानु वस्तेत रहेको आर्थिक समिति गठन गरिएको छ ।
त्यस्तै सानु वस्नेतको संयोजकत्वमा पद्मा भण्डारी, जित बहादुर थापा, शुशिला भण्डारी र अर्जुन रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै जित बहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । जसमाः पदमा भण्डारी, सानु वस्नेत, सकुन्तला नेपाली, रंजित, अर्जुन, गोपाल नेपाली, रेश्मा थापा, खगेश्वर शर्मा, उजित भण्डारी, नुमा शाहा, शुशिला भण्डारी, उर्मिला, उदित भण्डारी रहनुभएको छ ।