पत्रकार महासङ्घको तालाबन्दी जारी रहने तीन पत्रकार सङ्गठनको घोषणा

काठमाडौँ । सदस्यता शुद्धीकरणको सम्बन्धमा नेपाल पत्रकार महासङ्घमा लगाइएको तालबन्दी जारी रहने तीन पत्रकार सङ्गठनले घोषणा गरेका छन् ।

समाजवादी प्रेस सङ्गठन, प्रगतिशील पत्रकार सङ्घ र प्रेस मञ्चले २०८१ जेठ १५ गते साझा प्रतिबद्धता जारी गर्दै यस्तो घोषणा गरिएको हो ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल र प्रेस मञ्चका महासचिव अवधेश झाद्वारा हस्ताक्षरित सो प्रतिबद्धतामा भनिएको छ– “यस सन्दर्भमा महासङ्घको केन्द्रीय नेतृत्वका जिम्मेवार पदाधिकारी तथा सदस्य नै सन्तुष्ट हुन नसकेको, फरक फरक बैठक एवम् छलफल भइरहेको कुराले पनि सदस्यता विवरणमा चरम लापरवाही भएको पुष्टि हुन्छ ।”

आफूहरू निर्धारित समय अर्थात् जेठ २६ गते नै चुनाव सम्पन्न हुनुपर्ने साझा मान्यतामा काउम रहेको बताउँदै तीन पत्रकार सङ्गठनले सदस्यता शुद्धीकरणको नाममा पत्रकारिता गर्ने पत्रकारलाई सदस्य हुनबाट वञ्चित गर्ने, तयार पारिएको मापदण्डको आफखुसी व्याख्या गर्दै फरक फरक विचार, सम्प्रदाय र समुदायका पत्रकार वा सङ्गठनसँग प्रतिशोध साँध्ने जस्ता समस्या समाधान नहुँदासम्म महासङ्घमा जारी तालाबन्दी जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार