फरीदावाद ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाल एकता समाज फरीदाबाद नगर समितिको १९औं सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सूर्यबहादुर क्षेत्रीयले र सञ्चालन धरम खनालले गर्नुभएको थियो । अतिथि, प्रतिनिधि, पर्यवेक्षकलाई अशोक कुँवरले स्वागत गर्नुभएको थियो ।
समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको सो उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव शिव केसी, केन्द्रीय प्रतिनिधि राम बहादुर विक, विद्यार्थी केन्द्रीय सचिव सरिता विसी लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
सम्मेलनको विधिवत उद्घाटन प्रमुख अतिथि महासचिव प्रेम पौडेलले व्यानर खोलेर गर्नुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपालको वामपन्थी आन्दोलनका लागि नेता उत्पादन गर्ने कारखाना भएको बताउनु भयो । ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपालको वामपन्थी आन्दोलनका लागि नेता उत्पादन गर्ने कारखाना हो ।’ महासचिव प्रेम पौडेल– ‘नेपालमा चल्ने विभिन्न जनपक्षीय आन्दोलनहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेता वा कार्यकर्ता तयार पारेर पठाउँदै आएको छ ।’
‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासी नेपालीहरूको न्याय, हकहित र अधिकारको सवालमा यो ४५ वर्षको अवधिमा कहिंकतै चुकेको छैन ।’ पौडेलले बताउनु भयो– ‘मूल प्रवाह माथि आक्षेप लगाउनेहरुलाई कहाँनेर चुक्यो मूल प्रवाह ? आफ्नो निहित महत्वांक्षा पुरा गर्नका लागि नयाँ बजार खोज्नेहरुलाई हामी चुनौती दिन चाहन्छु ।’ मूल प्रवाको इतिहाँस, वर्तमान र भविष्य अत्यन्तै उज्वल भएको बताउनु भयो ।
‘आफूलाई खाँटी क्रान्तिकारी देखाउन खोज्ने फूटपरस्तहरूले सेफल्याण्डीङ्ग गरिसकेका छन् । पहिला हाम्रो संगठनको नाम भजाउँदै हिंडेका थिए, पछि स्वघोषित क्रान्तिकारीहरूले अर्काको लोगो प्रयोग गरिरहेका छन् ।’ पौडेलले भन्नु भयो– ‘नेकपा (मसाल)को सातौं महाधिवेशनले पारित गरेको “उग्रवामपन्थी भड्काव अन्त्य, दक्षिणपन्थी संशोधनवादमा पतन हुन्छ” भन्ने विषयलाई किन देख्दैनन् ? उनीहरुले केवल अरुलाई दक्षिणपन्थी बताएता पनि उनीहरु आफैले सेफल्याण्डीङ्ग गरिसकेका छन् । यो उनीहरुको नैतिक र राजनीतिक रुपमा पतन भएको हो ।’
घोषणा सभाको अध्यक्षता बाबुराम विष्टले र सञ्चालन रमेश चन्द्र क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रम सहभागिहरूलाई रक्तिमका कलाकारहरू र तामाराम ढकालले स्वागत गर्नुभएको थियो ।
समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको सो उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव शिव केसी, केन्द्रीय सल्लाहकार तिलक पाण्डे, केन्द्रीय प्रतिनिधि राम बहादुर विक, क्षेत्रीय सदस्य दिनेश पन्थी, सूर्य बहादुर क्षेत्री, रामु धमाला, सुनिल थापा, विद्यार्थी केन्द्रीय सचिव सरिता विसी, महिला विभागबाट मायाँ विसी, कमला कुशुम लगायतको आतित्थ्यता रहेको थियो ।
नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव शिव केसीले गर्नुभएको थियो । सम्मेलनले विष्णु बिसीको अध्यक्षतामा ३१ सदस्य सहितको नगर समिति भएको छ । अध्यक्ष– विष्णु बिसी, उपाध्यक्ष– अशोक कुँवर, सचिव– बाबुराम बिष्ट, सहसचिव– शान्ता भुसाल, कोषाध्यक्षमा– रमेश चन्द्र क्षेत्री, सदस्यहरूमा क्रमशः धरम खनाल, रामबहादुर बिक, चन्द्र अधिकारी, शकुन्तला थापा, लोकराज थापा, तामाराम शर्मा, किसन थापा, बाबुराम भुसाल, कालिदास थापा, माया बिसी, मानसिंह बिष्ट, किशन नेपाली, सरिता बिसी र तुलबहादुर जिसी रहनुभएको छ ।
त्यसैगरी वैकल्पिक सदस्यमाः सविता थापा, मानबहादुर पाण्डे, सुरेश गिरी, निर्मल सोनवानी मगर, लक्ष्मण श्रेष्ठ र एक स्थान रिक्त रहेको छ । त्यस्तै नवनिर्वाचित समितिको प्रथम बैठकले ६ सल्लाहकार चयन गरेको छ । जसमाः उमेश जिसी, मनु विष्ट, हरि पोखरेल, विकास छेत्री, मनिराम थापा र नुमानन्द भुसाल रहनुभएको छ ।
महिला नगर विभागः
सोही अवसरमा महिला नगर विभागको पनि घोषणा गरिएको थियो । जसमाः संयोजक– शकुन्तला थापा, सदस्यहरूमा क्रमशः बिमला महरा, मनिषा जिसी, मिश्री खड्का, नमकला बिष्ट, रेश्मा पुन, विष्णु थापा, सविता थापा, सरस्वती पाण्डे, सृजना पाण्डे, सीता सुवेदी, सुशीला पाण्डे, मनु बिष्ट, गोमा घिमिरे, सविता मगर, गोमिता पुन मगर, मिना केसी, ऋतु भण्डारी, हेमा बस्नेत, माया थापा, हरिकला भुसाल, कल्पना सापकोटा, मिना जिसी, शिवकला पाण्डे, कमला कुँवर, संगीता बिष्ट, शिवा बिष्ट, बसन्ता खनाल, सुमन कुसुम, बिमला रानी थापा, दीपिका अधिकारी, चन्द्रकला नेपाली, सीता शर्मा, कल्पना शर्मा, शारदा अधिकारी, विष्णु थापा, सुष्मा थापा, लक्ष्मी शर्मा, शान्ति केसी शान्ता थापा लक्ष्मीसुनार, चन्द्रकला सोनवानी मगर, कालिका नेपाली, चन्द्रकला ढकाल, लक्ष्मीगिरी, मिना भुसाल, चन्द्रकला भुसाल रहनुभएको छ।
नवनिर्वाचित समितिलाई कपिल खनाल, शिव केसी, तिलक पाण्डे, राम बहादुर विक, दिनेश पन्थी, सूर्य बहादुर क्षेत्री, रामु धमाला, सुनिल थापा, सरिता विसी, मायाँ विसी, कमला कुशुम लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
विदाई कार्यक्रम
नगर समितिको १९औँ सम्मेलनको सुअवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समितिमा अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएका नेता सुर्य बहादुर क्षेत्रीलाई स्वदेश विदाई गरिएको छ ।
कार्यक्रममा महासचिव प्रेम पौडेलले अविर र दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो साथै उपाध्यक्ष कपिल खनाल जीले वहाँको योगदानलाई सम्मान गर्दै नगर समितिको तर्फबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो । क्षेत्रीय सचिव शिव केसी र विभिन्न नगर समितिका अतिथीहरुले समेत अविर लगाई विदाई गर्नु भएको थियो ।
विदाईको अवसरमा फरिदाबादको समिति तथा उपस्थित सम्पूर्ण अत्यन्तै भावुक भएका थिए । वहाँले यस नगर समितिलाई दिएको योगदानलाई कहिल्यई नबिर्सने र वहाँले देखाएको बाटोबाट कहिले विचलित नहुने प्रणका साथ समितिले प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममको अन्त्यमा रक्तिम साँस्कृतिक विभागका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।