फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समिति अन्तर्गत महिला विभागले “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हक हितको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ प्रगतिशील हरितालिका तीज भब्य रुपमा मनाएको छ ।
शकुन्तला थापाको अध्यक्षता र सुशीला पाण्डेको सञ्चालन एवं ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि सविता थापाले शब्दबाट र कलाकारहरुले साँस्कृतिक कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य बाबुराम बिष्ट, रमेशचन्द्र क्षेत्री, केन्द्रीय प्रतिनिधि रामबहादुर वि.क, क्षेत्रीय समितिका बाबुराम भुसाल, अखिल भारत नेपाली विद्यार्थी संघकी केन्द्रीय सचिव सरिता वि.सी, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी माया वि.सी, फरिदाबाद नगर समितिकी शान्ता भुसाल, राष्ट्रिय जनमोर्चा गुल्मीबाट कमला थापा क्षेत्री, एनआइटी एरिया समितिबाट बिमला महरा, बल्लभगढ एरियाबाट अध्यक्ष तामाराम शर्मा, सोही समितिबाट मिना जिसीको आतिथ्यता एवं कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।