
हापुड, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हापुड नगर समितिको सातौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।
मेघराज केसीको अध्यक्षता र मोतिचन गौतमको सञ्चालनबाट सम्मेलन कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रेम गिरी र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले मेघराज केसीको अध्यक्षतामा ११ पूर्ण, ३ वैकल्पिक र ३ सल्लाहकार गरि १७ सदस्यीय हापुड नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– राजकुमार आत्रे, सचिव मोतिचन गौतम, सहसचिव– घनश्याम थापा, कोषाध्यक्ष– प्रेम गिरी, सदस्यहरुमा क्रमशः रोहित कौशिक, नारायण पाण्डे, भोज बहादुर थापा, नारायण सिंह, भुवन पौडेल, दिपेन्द्र गौतम, वैकिल्पक सदस्यमाः संदिप केसी, विवेक गिरी र विसाल गिरी रहनुभएको छ । त्यस्तै अनिल थापा, गिता गिरी र सितारामलाई सल्लाहकार चयन गरिएको छ ।

महिला विभाग :
गिता गिरीको संयोजकत्वमा महिला विभाग पनि गठन गरिएको छ । जसमाः सदस्यहरु हिरा थापा, सुशिला केसी, मिनु पाण्डे, कल्पना पाण्डे, कुशुम शर्मा, मेघा आत्रे, सपना आत्रे, सुस्मिता कौशिक, पुनम गौतम, खुस्वु थापा र रुवी आत्रे रहनुभएको छ ।
नव निर्वाचित समिति तथा विभागलाई केन्द्रीय सदस्य शिव केसी, बाबुराम विष्ट, क्षेत्रीय सदस्य विष्णु विसी, रक्तिमका धरम खनाल, महिला विभागबाट सकुन्तला थापा लगायतले शुभकामना दिनुभएको थियो ।














