
नोएडा । नोएडाबाट कृष्ण थापा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै फर्किनुभएको छ ।
मूल प्रवाहका उपाध्यक्ष कपिल खनालको उपस्थितिमा २०८१ असोज २० मंगलबार आयोजित कार्यक्रममा सदस्यता लिँदै उहाँ पुरानै सङ्गठनमा फर्किनुभएको हो ।
कथित अखिल भारत नेपाली एकता समाजको क्षेत्रीय समितिमा रहनुभएका उहाँले सो अवसरमा राजीनामा पनि सार्वजनिक गर्नुभएको छ ।
केही समयपहिले भ्रमवश फरक सङ्गठनको सदस्यता लिएको जानाकारी गराउँदै राजीनामामार्फत् उहाँले उक्त निर्णयप्रति पश्चाताप व्यक्त गर्नुभएको छ ।
थापाले आजका दिनदेखि भारतमा ऐतिहासिक विरासत बोकेको प्रवासी श्रमजीवी नेपालीको अभिभावकीय सामाजिक सङ्गठन मूल प्रवाहमा नै पुनः आबद्ध भई काम गर्ने अठोट व्यक्त गर्नु भएको छ ।
सो अवसरमा केन्द्रीय सल्लाहकार तिलक पाण्डे, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य कृष्ण कुँवर, जंगबहादुर खाती लगायत स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
















