
पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तरगत तलेगाउ एरिया समितिको भेला केन्द्रीय अध्यक्ष ठाकुर खनाल, सदस्य गोविन्द थापा, मध्य पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष सेर बहादुर पुलामी, नगर सदस्य विष्णु पुलामीको विशेष उपस्थितिमा सम्पन्न भएको छ । भेलाले हरि सिंह रानाको अध्यक्षतामा ९ पुर्ण ३ बैकल्पिक ३ सल्लाकार सहित १५ सदस्यीय एरिया समिति पुनरगठन गरेको छ ।
जसमाः उपाध्यक्ष– रोम फौजा, सचिव– ओम राना, सहसचिव– दिनेश सिंजापती, कोषाध्यक्ष– श्याम बिटालु मगर, सदस्यहरूमा उज्जल राना, ओलजित राना, दिलिप सिंजापती, निशान्त तरामु, वैकल्पिक सदस्यहरू मदन सिंजापती, हिमाल गुरुङ, लक्ष्मी बिटालु, सल्लाहकारमा दिलु सुर्यवन्सी, भुवन सिंह सुर्यवंसी र छबिलाल बिक रहनुहुन्छ ।
















