
पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पश्चिम नगर समिति अन्तरगत खण्डालामा केन्द्रीय अध्यक्ष ठाकुर खनाल एवं केन्द्रीय सदस्य गोविन्द थापा एवं मध्य पश्चिम भारत क्षेत्रीय कोषाध्यक्ष अनन्त राहडी, क्षेत्रीय सदस्य खेमराज राउत एवं धन बहादुर विकको उपस्थितिमा भेला सम्पन्न भयो । भेलामा, देशको तात्कालिन, अवस्था, प्रवासी नेपालीहरू समस्याबारे प्रशिक्षण संचालन गरिएको थियो । भेलामा सल्लाहकार आगामी बैठकमा थप गर्ने गरि खिम कुँवरको अध्यक्षतामा ९ पूर्णसदस्य ३ बैकल्पिक सदस्य ३ सल्लाहकार गरि १५ सदस्यीय खण्डाला एरिया समितिको गठन गरियो ।
जसमाः उपाध्यक्ष– हर्ष बहादुर थापा, सचिव– रोम बहादुर सोमई, सहसचीव– साम बहादुर विक, कोषाध्यक्ष– खगेश्वर कुँवर, सदस्यहरूमा दिल बहादुर श्रीष, अवलाल श्रेष्ठ, सुक बहादुर दमै, राजेश गुरुङ, बैकल्पिक सदस्यमाः भोपाल रहाडी, गोविन्द रहाडी, मान बहादुर ओली हुनुहुन्छ ।
भेलामा खण्डाला एरिया भित्र व्यापक सदस्यता वितरण गर्ने एवं आगामी नगर सम्मेलनलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गरि भब्य रूपमा सम्पन्न गर्न सहयोग निर्णय गरिएको छ ।















