दिल्ली नगर समितिद्धारा जनबादी भैलो सम्पन्न

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिद्धारा १० नोभेम्बर २०२४ का दिन दिउसी भैलो समापन गरिएको छ ।

कार्यक्रम नगर समिति अध्यक्ष सुनिल थापाको अध्यक्षता र नगर समितिका सचिव रामु धमलाले सञ्चालनको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा नगर समिति कोषाध्यक्ष नरेन्द्र अधिकारीले भैलो खेल्ने समयमा सबै साथीहरू एकजुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नगर समितिका सदस्य डोलराज शर्माको पनि विशेष उपस्तिथी थियो । त्यस्तै महिला बिभागका संयोजक अमृता थापाले आउने दिनहरूमा महिला बिभाग जागरूकता भएर लाग्न आव्हान गर्नुभएको थियो ।

बिभिन्न समस्याका वावजुध पनि नगर समितिले चार दिन देउसी भैलो कार्यक्रम लियर नेपालीहरूको घर दैलोमा शूभकामना कार्ड लिएर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार