
वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समितिका सचिव भरत बिष्टलाई एक कार्यक्रम विच स्वदेश विदाई गरिएको छ । नगर समितिद्धारा आयोजित विदाई समारोहमा विष्टलाई केन्द्र, क्षेत्र तथा नगरका नेता कार्यकर्ताले बधाई तथा शुभकामना सहित स्वदेश बिदाई गरिएको हो ।
कार्यक्रममा केन्द्रीय समितिका सदस्य रामकला काउछाले खादा माला र अविर लगाउँदै सचिव बिष्टलाई आगामी दिनमा पनि विश्वको जुन सुकै देशमा रहेता पनि संगठन र समाजप्रति अझधेरै सक्रिय रहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । साथै नेतृ काउछाले वहाँको अगाडिको समाज सेवाप्रति शुभकामना व्यक्त गर्नु भएको थियो ।
यस्तै पश्चिम भारत क्षेत्रीय सहसचिव हरी काउछा, सचिवालय सदस्य प्रविन काउछा, सदस्य निखिल रावत, जितु ठकुल्ला, देवराज जोशी, महिला विभाग केन्द्रीय सदस्य विना काउछाले पनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रम नगर समितिका अध्यक्ष देवे रावलको अध्यक्षता तथा नगर सहसचिव नविन चलाउनेको सञ्चालनबाट अगाडि बढेको थियो ।















