चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति अन्तर्गत महिला नगर विभागहरूको संयुक्त आयोजनामा बिभिन्न रचनात्मक कार्यक्रम सहित ११० औं अन्तर्राष्ट्रिय महिला श्रमकि दिवस भव्यताका साथ मनाइएको छ ।
सो अवसरमा महिला म्यूजिकल चियर र “२१ औं शताब्दीमा महिलाहरूको अवस्था” बिषायक वक्तित्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । लिटिल माउनट सैदापेट, चेन्नईमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन पुष्पा पौडेलले र अध्यक्षता लक्ष्मी चालिसेले गर्नु भएको थियो ।
अतिथि आशन ग्रहण पछि शहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पश्चात उपस्थित समुदायलाई दुर्गा पौडेल र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।

उक्त ऐतिहासिक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उद्घाटन दिप प्रज्वलित गरि प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष देवबहादुर लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन पछि रचनात्मक कार्यक्रम बक्तित्वकला र महिला म्यूजिकल चियर शुरू भएको थियो ।
२६ जनाले भाग लिएको महिला म्युजिकल चियर खेलमा पूर्व नगरबाट यामुना थापा प्रथम, दक्षिण नगर बाट कोपिला चालिसे द्वितीय, पश्चिम नगरबाट माया थापा तृतीय पुरस्कार प्राप्त गरेका थिए भने दक्षिण नगरबाट लक्ष्मी पंथी सानत्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो ।
बक्तित्वकला तर्फ १३ जनाले भाग लिएका थिए । जसमाः यामुना थापा प्रथम, दुर्गा सुवेदी द्वितीय, सुनीता बस्याल तृतीय र दिपा शर्माले सानत्वना प्राप्त गरेका थिए । पुरस्कार बिजेताहरुलाई प्रमुख अतिथिले पुरस्कार प्रदान गर्नुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, केन्द्रीय सदस्य मोहराज चालिसे, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, हिरामणी शर्मा, शेर बहादुर विक, क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, बोमलाल बसेल, लक्ष्मी पंथी, केशमान नेपाली, कांशीराम आचार्य, अर्जुन केसी, नर बहादुर गुरूङ, उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, पूर्व नगर अध्यक्ष चन्द्रबहादुर थापा, दक्षिण अध्यक्ष लोकेन्द्र पौडेल र बिधार्थी केन्द्रीय उपाध्यक्ष बिक्रम केसीले शुभकामना तथा बधाई दिनुभएको थियो । अन्तमा फूल माया केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।















