
रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मिना चौधरीको अध्यक्षता र कमला गौतमको सञ्चालनमा सुरुभएको कार्यक्रममा पश्चिम उत्तर क्षेत्रीय सदस्य रेसम बिक, नगर अध्यक्ष सुभाष गौतम, नगर कोषाध्यक्ष विक्की परियार र मिना गौतमले अतिथि आसनग्रहण गर्नुभएको थियो।
श्रमजीवी बर्गको हकहितको संरक्षणका लागी आफ्नो बलिदानी दिनुभएका चिरपरिचित शहिदहरुको सम्झनामा एक मिनेटको मौनधारण पछि उपस्थित जनसमुदायलाई कमला बोहराले शब्दद्वारा स्वागत गर्नुभएको हो ।
सुभाष गौतम, विक्की परियार र रेसम बिकले आ–आफ्नो मन्तब्य राख्दै श्रमजीवी बर्गको हकहितको सवालमा र हाम्रो संगठन को संघर्षको सवालमा प्रस्ट्याउनु भएको थियो । अन्त्यमा अध्यक्ष मिना चौधरीले आफ्नो भनाई राख्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
















