नयाँ दिल्लीमा मनाइयो नारी दिवश

नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिद्वारा सन्चालित महिला विभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिबस नई दिल्लीमा मनाईएको छ । महिला हकहितलाई सुनिचत गर्न भएका सहिदहरूप्रति एक मिनेट मौनधारण पछि अगाडि बढेको थियो ।

अध्यक्षता मनकला भुसालले गर्नुभएको थियो भन्ने अतिथीमा महिला विभाग संयोजक पश्चियम उत्तर क्षेत्रीय समिति लक्ष्मी खडायत, महिला विभाग क्षेत्रीय समितिबाट विष्णी रायमाझी, मिना खनाल तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर उत्तर क्षेत्रीय समिति सदस्य नई दिल्ली अध्यक्ष दिनेश पन्थी, पश्चियम उत्तर सदस्य नगर सचिव विष्णु खनाल, साँस्कृतिक विभाग नई दिल्लीबाट मनिसा घिमिरे मूल प्रवाह सदस्य सेरसिंह के अतिर्थी रहनु भएको थियो ।

महिलाहरुको हक अधिकारको विषयलाई लिएर आ–आफ्‌नो मन्तव्य राख्नुभएको थियो । गिता आर्चाय, लक्ष्मी खडायत, गिता पौडेल, शान्ता परियार, जानाका भटराई, सरस्ता खनाल, भगवति पान्डे, विस्नी रायमाझी क्षेत्रीय समिति नगर अध्यक्ष दिनेश पन्थी, क्षेत्रीय समिति नगर सचिव विष्णु खनालले आफ्‌नो विचार राख्नुभएको थियो । स्वागत मन्तव्य हेमा भन्डारीले गर्नु भयोको थियो सञ्चालन मन्जु रायमाझीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार