वापी पूर्वमा ११५औं नारी दिवस मनाइयो

वापी पूर्व । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी ( पूर्व) र सीलवासा नगर महिला विभागको संयुक्त आयोजनामा ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।

कविता रावलको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता सिलवास नगर महिला विभाग संयोजक दिव्या नाथले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी पश्चिम भारत क्षेत्रीय महिला विभाग कि संयोजक बिष्णुमाया शर्माले गर्नुभएको थियो । केन्द्रीय सदस्य श्रीधर शर्मा, वापी (पूर्व) नगर अध्यक्ष गनबहादुर राना, क्षेत्रीय महिला बिभाग कि सदस्य सीता थापा ले आतिथ्यता ग्रहन गर्नुभएको थियो तथा माहिला विभाग कि सदस्य शुशीला भण्डारी ले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथीले आज समाज तथा देश निर्माणमा महिलाहरूको पनि महत्वपूर्ण भुमिका रहेको हुँदा अब हामी महिलाहरू पनि घर दैलोमा मात्रै सीमीत नभएर समाजमा जोडीन पर्ने आवश्यक भएको र प्रदेशमा मजदुरहरूको हकहितमा बोल्ने एकमात्र संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रहेकोले संगठनको सदस्यता लिएर समाजमा आबद्ध हुनपर्नेमा जोर दिनुभएको थियो । अन्य अतीथीहरूले पनि नारी दिवसको बारेमा आफ्‌ना धारणाहरू राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार