
भिवाडी
भारतको राजस्थानको भिवाडीमा झण्डै 50 वर्षिय नेपाली गम्भीर बिरामीको अवस्थामा हुनु हुन्छ । आफ्नो घर धादिङ जिल्ला गजुरी घर बताउने जित बहादुर मगर ब्रेन हेमरेजका कारण शारीरिक तथा मानसिक रूपमा समेत अशक्त हुनु हुनुहुन्छ । उहाँका आफन्तको हाल सम्म कुनै जानकारी हुन सकेको छैन । अहिले वहाँको ब्रेन हेमरेजको उपचार चलिरहेको छ । स्मरणशक्ती हराई सकेको अवस्थाले गर्दा थप जानकारी गराउन सक्नु भएको छैन् । धादिङ जिल्ला गजुरी घर बताउने जित बहादुर मगरको साथमा केहि फोटोहरू मात्र भेटिएका छन् । उहाँको छोरी हरियाणाको गुरुग्राम तिर भएको शंका गरिएको छ । हुन सक्छ ति फोटाहरू वहाँको छोरीहरू या अन्य नातेदारको हुन सक्छ ।
दार्जिलिङ सर्लावारी निवासी ममता प्रधान एवं राम प्रधानले बिगत तीन महिना देखि उहाँको हेरचाह गरिरहनु भएको छ । कुनै महानुभावले वहाको बारेमा केहि जानकारी भए मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तथा भिवाडी नगरका कार्यकर्ताहरू काजीराम श्रेष्ठः 9982582844राम प्रसाद घिमिरे 9799866636, किशोर राई, 9950347496 मा खबर गरि दिनुहुन बिनम्र अनुरोध गरिन्छ ।
जित बहादुर संग भेटिएका फोटाहरू
















